सोमवार, फाल्गुण ८ २०७९
फागुन, ८ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । परिषदले देशभरिका विपन्न, दलित र मुस्लिम विद्यार्थीलाई प्रि–डिप्लोमा र डिप्लोमा–प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो।
आर्थिक वर्ष २०७९–०८० को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरूलाई प्रि–डिप्लोमा तह र ४०० जनालाई डिप्लोमा–प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि आवेदन माग गरेको छ ।
परिषदले जारी गरेको सूचना अनुसार फागुन ८ गतेदेखि २८ गते आइतबारसम्म निःशुल्क आवेदन भर्न सकिने छ। विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्ययन गर्न परीक्षार्थी छनोटका लागि लिइने प्रवेश परीक्षा आगामी चैत्र ११ गते सञ्चालन हुने सीटीईभीटीले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

डिप्लोमा प्रमाणपत्र तहको सेमेस्टर परिक्षा प्रणालीको नियमित / आंसिक परिक्षाको आवेदन फारम भर्ने बारे अत्यन्तै जरुरी सूचना ।
