Oct 08 2026 | २०८३, आश्विन २२ गते

माग पूरा नभए विद्यालय बन्द गर्ने चेतावनी : नेपाल राष्ट्रिय कर्मचारी परिषद

माग पूरा नभए विद्यालय बन्द गर्ने चेतावनी : नेपाल राष्ट्रिय कर्मचारी परिषद

  • 451
    SHARES

  • माग पूरा नभए विद्यालय बन्द गर्ने चेतावनी : नेपाल राष्ट्रिय कर्मचारी परिषद

    फागुन, १४ काठमाडौ ।विद्यालय कर्मचारीले आफ्ना माग पूरा नभए देश भर विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । हालै सम्पन्न नेपाल बिद्यालय कर्मचारी परिषदको राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन पश्चात् जारी घोषणा पत्रमा यस्तो चेतावनी दिएका हुन।

    बिद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगद्वारा जारी गरिएको विज्ञप्तिमा फागुन १५ गतेदेखि मसान्तसम्म ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने, चैत १–७ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षणपत्र बुझाउने, चैत १५ गतेसम्म सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र चैत २१ गते सङ्घीय सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाउने उल्लेख छ ।

    जारी घोषणा पत्र अनुसार सो अवधिमा पनि आफ्ना माग सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्दको चेतावनी दिइएको छ । हाल देशभर करिब ३४ हजार विद्यालय कर्मचारी छन् ।

    यस्तो छ परिषदको घोषणापत्र  ।

     

    FB_IMG_1677375365736.jpgFB_IMG_1677375368049.jpg

     

    images
    आइतवार, फाल्गुण १४ २०७९०७:३६:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार