आइतवार, फाल्गुण १४ २०७९
फागुन, १४ काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल सरकारको संस्था दर्ता सम्बन्धी नियमको पालना नगर्ने बालबिकास शिक्षकका समितिलाइ कार्बाही गर्न निर्देशन दिएको छ। केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाउदै बालविकास शिक्षकका समितिलाई कारबाही गर्न निर्देशन दिएको हो ।
उक्त पत्रअनुसार नेपाल सरकारको संस्था दर्ता सम्बन्धी नियमको पालना नगरी आफ्ना गतिविधि अघि बढाएको हुँदा कारबाही गर्न निर्देशन दिएको छ।
केन्द्रले इकाइलाई लेखेको पत्रमा भनिएको छ, ‘बाल शिक्षक संस्थाका नामबाट देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रम गर्ने र त्यसका लागि प्रति व्यक्ति रकम समेत उठाउने गरेको भन्ने विषयको गुनासो रहेको, उल्लेखित गुनासोको विषयमा स्थानीय तहसँग समेतका आधारमा समन्वय गरी छानविन तथा आवश्यक कारवाही गर्न तथा सो विषयको जानकारी यस केन्द्रलाई गराई दिनु हुन आदेशानुसार अनुरोध छ।’
हेर्नुस पत्र सहित


