सोमवार, फाल्गुण १५ २०७९
फागुन, १५ काठमाडौ । मनास्लु वर्ल्ड स्कुलले आफ्नो स्थापनाको २५ औं बर्षगाँठ अर्थात रजत जयन्ती भब्य रुपमा मनाएको छ। मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको विद्यार्थीहरुको स्वागत तथा बिदाई - २०७९ (Welcome & Falicitation- 2079 ) कार्यक्रम संगै रजत जयन्ती भब्यरुपमा सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा मनास्लु वर्ल्ड कलेजले आइ.एस.ओ. (ISO) मान्यता प्राप्त गरेको प्रमाणपत्र समेत पाएको छ। उक्त प्रमाणपत्र प्रमुख अतिथि माननीय मन्त्री अमन लाल मोदिले कलेजका अध्यक्ष ज्ञेन्द्र लामा मार्फत कलेजलाई प्रदान गरे। विद्यालय/ कलेजले गर्ने विद्यालय तथा कलेज स्तरीय तथा राष्ट्रिय÷ अन्तराष्ट्रिय विविध गतिविधि, सामाजिक कार्य लगायत विद्यालयको प्रगति विवरणको आधारम ISO प्रमाणपत्र दिने गरीदै आएको छ । 
मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको स्वागत तथा बिदाई / रजत जयन्ती कार्यक्रम पुर्व मिस नेपाल (2005) सुगारिका केसिले संचालन गर्नुभयो भने कलेजका अध्यक्ष ज्ञेन्द्र लामाले अधक्षता गर्नुभयो। कार्यक्रममा नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदि प्रमुख अतिथिका रुपमा रहनुभयो भने बिशेष अतिथी नेशनल प्याब्सनका अध्यक्ष पाण्डब हमाल, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने ५ जना बिशिस्ट अतिथी नेपालि क्रीकेट टिमका पुर्व कप्तान पारस खड्का, संचारकर्मी टिकाराम यात्री, चर्चित संगितका सम्भुजित बास्कोटा, एन प्याब्सनका पुर्व अध्यक्ष रितुराज सापकोटा र मानव सेवा आश्रमका प्रमुख राम जि अधिकारी ५ लाइ सम्मान गरिएको थियो। त्यसैगरी काठमाडौ जिल्ला भरिका झन्डै ३ सय बिद्यालयका संचालक तथा प्रिन्सिपलहरुको उपस्थिति रहेको र कलेजले सबैलाइ सम्मान समेत गरेको छ।
कार्यक्रममा रजत जयन्तीको लोगो समेत अनवारण गरियो। कार्यक्रमा सभापती तथा कलेजका अध्यक्ष ज्ञेन्द्र लामाले कार्यक्रमको उदेश्य तथा कार्यक्रमको बारे छोटकरिमा ब्रीफिङ गरे। उनले १९९८ सालमा स्थापित भुवनेश्वरी पब्लिक स्कुलबाट शुरु भएको यात्रा २५ औं बर्ष पुग्दा मनास्लु स्कुल/ कलेजको रुपमा निरन्तर गुणस्तरीय शिक्षा दिन सफल भएको बताए।
लामो समय देखि आइ.एस.ओ सटिफाइड कलेज बनाउने उदेश्य पूरा भएको अध्यक्ष लमाले बताए। उनले अब कलेज कहिले पछाडी फर्केर हेर्नू नपर्ने बताउदै नेपाल मै एक ब्राण्डको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी कार्यक्रममा प्रिन्सिपल राजेन श्रेष्ठले आफ्नो मन्तव्य राख्दै हामिले चाहयौ भने समाजको हरेक क्षेत्रमा अब्बल भुमिका निर्बाह गर्न सकिने कुरा विद्यार्थिलाइ सिकाउन विभिन्न क्षेत्रका मानिसहरुलाइ सम्मान गरेको धारणा राखे। उनले छोटो समयमा नै विद्यार्थी अभिभावकको माया कलेजले पाउन सकेको र अरु शैक्षिक संस्थाहरुले १५ वर्षमा पाउन नसकेको लोकप्रियता आफुहरुले छिटै प्राप्त गर्न सफल भएको बताए । उनले एकेडमिक एक्सिलेन्स नभएको भए संस्था ५/१० बर्षमा हराइ सक्थ्यो होला तर संस्थाले निरन्तर राम्रो गरेको भएर २५ औं बर्ष मनाएको र आज ISO सर्टिफाइ भएको समेत बताए।
एक अर्को सन्दर्भमा प्रिन्सिपल श्रेष्ठले जुन रुखमा राम्रो फल लागेको हुन्छ त्यो रुखमा धेरै ढुङ्गा बर्सिन्छ। त्यसैले बजारमा केही नराम्रो हल्ला भएपनी संस्था बिचलित नहुने र हरेक क्षेत्रमा राम्रो कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। कसैले लडाउन खोजेर मनास्लु वर्ल्ड कलेजलाई हराउन सक्दैन भन्दै हामी ब्रान्डिङ भइ सकेउ, बरु यस्लाइ कसरी अझ राम्रो बनाउने भन्ने हामी निरन्तर लाग्ने धारणा ब्यक्त गरे।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी तथा मन्त्री अमन लाल मोदिले विद्यार्थीहरु कलेजले सम्मानित गरेको ब्यतित्वहरु जस्तै संघर्षशिल बन्नुपर्ने धारणा व्यक्त गरे। उनले समय परिवर्तन भइसकेको र विद्यार्थीहरुले आफ्नो उदेश्य प्रती प्रतिबद्ध भइ आफुले चाहेको विधामा जान सक्ने बताए ।
मन्त्री मोदीले उनले जुन विधामा गए पनि उत्कृष्ट काम गर्न सकिने र त्यसका लागि दत्तचित्त भएर लाग्न विद्यार्थीलाई प्रेरणा दिए । आफु सानै उमेरदेखि राजनीतिमा लागेको र देशका लागि केही गर्छु भन्ने अठोट बोकोको बताउँदै विदेश भन्दा स्वदेशमै केही गर्नुपर्ने त्यसका लागि पढाईलाई केन्द्रमा राखेर सिक्न आग्रह गरे ।
त्यस्तै कार्यक्रममा कलेजद्वारा सम्मानीत मध्य एक संचारकर्मी तथा Ap1 टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले युवा पलायन समस्या भएको भन्दै पलायन हुनु भनेको हाम्रो लागि, देशको लागि आत्मघाती भएको धारणा ब्यक्त गरे ।
कार्यक्रममा कलेजले विद्यार्थीहरुलाइ विभिन्न बिधामा अवार्ड समेत बितरण गरेको थियो। कलेजले मनासलु एकेडमिक एक्सेलेन्स अवार्ड अन्तर्गत सात विभिन्न फ्याकल्टिका विद्यार्थीहरुलाई अवार्ड दिएको छ। अवार्ड पाउनेमा बायलोजी बाट ३.८६ जिपिए नैना श्रेष्ठ, कम्प्युटर साइन्स ३.६१ जिपिए दिल कुमारी भन्डारी, मानविकी तर्फ ३.५१ जिपिए स्मिका तामाङ, ल (कानुन) फ्याकल्टी ३.१७ सरु खत्री, बिजनेस स्टडिज ३. देबिका घिसिङ, होटेलमेनेजमेन्ट ३. दिवाकर फिजिक्स ३.७२ लक्षण सिग्देल छन। त्यसैगरी मनास्लु सर्बोकृष्ट अवार्ड १० जना विद्यार्थीहरुलाइ प्रदान गरेको थियो।
काठमाडौंको चाबहिल चुच्चेपाटिमा अवस्थित मनासलु वर्ल्ड स्कुल तथा कलेजले कक्षा नर्सरीदेखि स्नातक तह सम्म अध्ययन अध्यापन गराउँदै आइरहेको छ । कलेजमा २५ सय भन्दा बढी विद्यार्थी अध्यायनरत रहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए।








