Oct 03 2026 | २०८३, आश्विन १७ गते

बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिको लागी आवेदन माग: चैत २८ सम्म आवेदन दिन सकिने। (सूचना सहित)

बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिको लागी आवेदन माग: चैत २८ सम्म आवेदन दिन सकिने। (सूचना सहित)

  • 930
    SHARES

  • बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिको लागी आवेदन माग: चैत २८ सम्म आवेदन दिन सकिने। (सूचना सहित)

    फागुन, १६ काठमाडौ । बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिको लागी आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रमका लागि आवेदन माग गरिएको हो ।

    कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधा सहित अध्यापन गराउनका लागि आवेदन माग गरिएको छ।

    आवेदन आगामी चैत २८ गते १० बजेसम्म बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । छनोट हुनकोलागी बि.सं. २०६९/०१/०१ देखि २०७०/१२/३० गते सम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरेको र शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेको हुनुपर्ने छ।

    छात्रवृत्तिका लागी विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने छ।

    लिखित परीक्षा २०७९ चैत २८ गते मंगलबार बिहान ११ बजे संचालन हुने छ।

    बिस्तृत जानकारीका आगि हेर्नुस सूचना ।

    Screenshot_20230228-080319_Chrome.jpgScreenshot_20230228-080343_Chrome.jpg

    images
    मंगलवार, फाल्गुण १६ २०७९१०:१८:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार