शुक्रवार, फाल्गुण १९ २०७९
फागुन, १९ काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षाको बिज्ञापन संशोधन गरेको छ। आयोगले एक सूचना जारी गर्दै उक्त तहको बिज्ञापनको संसोधित सूचना जारी गरेको हो।
शिक्षक सेवा आयोगले मिति २०७९ माघ २७ गते प्रकाशित बिज्ञापन शिक्षा तथा मानव स्रोतले बिकास केन्द्रबाट केही बिषयहरुका पदहरुमा संशोधन गरिएको हुदा आयोगको मिति २०७९ फागुम १८ गते बसेको बैठकको निर्णय अनुसार यो सुचना जारी गरिएको बताइएको छ।
संसोधित बिज्ञापननको बिस्तृत विवरण आयोगको वेबसाईट http://tsc.gov.np मा डाउनलोड गरि हेर्न सकिने छ।


