सोमवार, फाल्गुण २२ २०७९
फागुन, २२ काठमाडौ । स्नातकतह देखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न विद्यार्थीले माग राखेको छ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री प्रचण्ड समक्ष प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो ।
पद्मकन्या बहुमुखी क्याम्पस समितिकी अध्यक्ष तिर्सना आले मगरको नेतृत्वमा बालुवाटार पुगेका विद्यार्थी पदाधिकारीले स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै माध्यममा छपाइ गर्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
भाषा नबुझेकै कारण विद्यार्थी फेल हुने र उच्च शिक्षा अध्ययन गर्न बन्चित हुने गरेको भन्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष तिर्सना आले मगरले बताइन।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थीको माग बारे सम्बन्धित निकायमा छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिए ।