Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेस्ट इनोभेटिभ कलेजको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

एभरेस्ट इनोभेटिभ कलेजको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • 565
    SHARES

  • एभरेस्ट इनोभेटिभ कलेजको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    फागुन, २७ काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेज (इआइसी /EIC) ले वार्षिक रुपमा गरिदै आएको अतिरिक्त क्रियाकलाप /खेलकुद कार्यक्रमहरुको पुरस्कार वितरण गरेको छ। कलेजले एक भब्य कार्यक्रम आयोजना गर्दै पौष महिनामा संचालन गरेको विभिन्न खेलकुद कार्यक्रमको पुरस्कार वितरण गरेको हो।

    20230310_083017.jpg

    उक्त कार्यक्रम स्नातक तह कोर्डिनेटर किशोर काफ्लेले संचालन गर्नुभयो, भने कलेजका अध्यक्ष शंकर दुलालले कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला बिशिस्ट अतिथि मदनपुरस्कार बिजेता तथा साहित्यकार : डा.नवराज लम्साल, इआइसीका CEO हरि प्रसाद काफ्ले, प्रशासन प्रमुख राम प्रसाद पौडेल, क्याम्पसका प्रिन्सिपल दिपक कुमार झा, शिक्षासेवी तथा अभिभावक रमेश रुपाखेती , कलेजका विभिन्न फ्याकल्टी कोर्डिनेटरहरु लगाएतको उपस्थिति रहेको थियो।

    20230310_073605.jpg

    कलेजको प्राङ्गणमामा गरिएको उक्त पुरस्कार वितरणको औपचारिक कार्यक्रममा झन्डै २०० वटा पुरस्कार बितरण गरिएको थियो। पुरस्कार वितरण कार्यक्रमको शुरु हुनु पुर्व कविता वाचन प्रतियोगिता समेत भएको थियो। उक्त प्रतियोगिताको निर्णायक मण्डलमा मदनपुरस्कार बिजेता तथा बरिस्ठ साहित्यकार डा.नवराज लम्साल, राम प्रसाद पौडेल रहनुभएको थियो । विभिन्न बिधामा छुट्टाछुट्टै भएको कविता वाचन कार्यक्रममा आठ जना विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

    20230310_093507.jpg

    पुरस्कार बितरण कार्यक्रममा बिद्यालयले पौष महिनामा संचालन गरेको बास्केटबल, फूटसल ,टेबलटेनिस ,चेस ,क्रीकेट, भलिबल,निबन्ध लेखन: नेपाली भाषा, Essay Writing (अंग्रेजी भाषा), हाजिरी जवाफ प्रतियोगिता, लगाएत अतिरिक्त क्रियाकलाप / खेलकुद प्रतियोगितामा बिजय हुने विद्यार्थीहरुलाई सम्मान स्वरुप मेडल र प्रमाणपत्र वितरण गरेको थियो।

    20230310_083339.jpg

    यस कार्यक्रममा मदनपुरस्कार बिजेता तथा बरिस्ठ साहित्यकार डा. नवराज लम्सालले बिशेष सम्बोधन गर्नुभयो। सम्बोधनको क्रममा उहाँले साहित्यलाई निरन्तरताको कडिको रुपमा मात्रै लिन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "आज पनि पुरानै कुरालाई लिएर कबिता बनाउछौ भने त्यो नयाँ हुँदैन त्यो पुरानै कुराको निरन्तरता मात्रै हुन्छ, त्यसले तपाईं, हामीलाई नयाँ ठाउँमा पुर्‍याउन सक्दैन। " कार्यक्रममा बोल्दै उहाँले साहित्य पुरानोको निरन्तरता होइन बरु अहिले तिमीले उब्जाउने कुरा नयाँ र महत्वपुर्ण हुन्छ , तिमीले पत्तालगाउने कुराले तिमीलाई युगौंयुग बचाइ राख्छ भन्नुभयो।

    20230310_091121.jpg

    एक अर्को प्रसंगमा उहाँले हाम्रो पहिचान मान्छे हो, हामीले दुनियाँलाई मान्छेको नजरले हेर्नुपर्ने भन्दै भुगोल र जातजातिका आधारमा मात्रै समाजलाई छुट्याउनु नहुने कुरामा जोड दिनुभयो ।

    त्यस्तै मन्तव्यकै क्रममा रमेश रुपाखेतीले एभेरेस्ट इनोभेटिभ कलेज बिज्ञान संकायमा मात्रै होइन हरेक क्षेत्रमा अब्बल रहेको बताउनुभयो । उहाँले अनुशासन ,अध्ययन,अतिरिक्त क्रियाकलाप संगै साहित्य क्षेत्रमा समेत अब्बल रहेको बताउनुभयो ।

    त्यसैगरी प्रशासन प्रमुख रामप्रसाद पौडेलले बिजेता खेलाडीहरुको सफलतामा खुशी हुँदै अर्को पटक पनि आफू बिजय हुनुपर्ने कुरामा समेत ध्यान दिनुपर्छ, जसको लागि निरन्तर अभ्यास गरिराख्नु पर्ने धारणा व्यक्त गर्नुभयो।

    20230310_100307.jpg

    एक अर्को प्रसंगमा उहाँले नेपालमा मरिसकेपछि सम्मान दिने कुरा छ जुन गलत छ।" हामीले उहाँहरुलाई बाचुन्जेल सम्मान गरिरहनपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।

    मन्तव्यकै क्रममा इआइसी कलेजको CEO हरिप्रसाद काफ्लेले "डा.नवराजको लेखन आफ्नो लागि असल डक्टर बनेको भन्दै लम्साललाई प्रेरणाको श्रोत मान्दै आएको बताउनुभयो। मानवताबादले भरिएका लम्सालको कबिताहरुले हरेक मानिसको मन मस्तिस्कलाई संधै प्रेरित गर्ने कुरामा बिशेष प्राथमिकता दिएको बताउनुभयो।

    20230310_101611.jpg

    काफ्लेले खेलकुदले हाम्रो सम्पुर्ण बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै खेलकुदमा अब्बल भएका विद्यार्थीहरु अन्य क्षेत्रमा समेत अब्बल हुने कुरामा जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि तथा खेलकुद परिषदका उपाध्यक्ष शिव कोरालाले हरेक बिद्यालयहरुले खेलकुद लगाएत कार्यक्रमहरु गर्ने गर्दछन जसले गर्दा बिद्यालयको बिज्ञापन हुने र उनीहरुको लगानी सुरक्षित हुने बताउनुभयो। उहाँले EIC ले जसरी बिजेता विद्यार्थीहरुलाई सम्मान गर्यो त्यसले विद्यार्थीहरुको बिकास मात्र नभई खेलकुदको बिकासको मेरुदण्ड बन्ने बताउनुभयो ।

    20230310_102205.jpg

    खेल क्षेत्रले मात्रै हरेक क्षेत्रमा मानिसहरुलाई निपुर्ण बनाउँछ भन्दै हरेक विद्यार्थीहरुले कलेजमा सहभागी भए जस्तै बाहिर गएर पनि खेल क्षेत्रमा सहभागी हुन अनुरोध गर्नुभएको। उहाँले भन्नुभयो , "बिद्यालयहरुमा खेल संघहरु बनाएको छ त्यसमा तपाइको सहभागी रहोस र आलोचना संगसंगै अब यो देशलाई म लिडिङ गर्ने छु भन्ने भाव राखेर अगाडि बढ्नुहोस ।" खेलकुदको क्रममा भएको अगाडिका कमजोरीहरुलाई तपाईं बिजेताहरुले सच्याउनु पर्दछ यसरी कमिकमजोरीलाई सच्याए मात्रै हरेक क्षेत्रमा अगाडि बढ्न सकिने बताउनुभएको थियो ।

    कार्यक्रमका सभापति शंकर प्रसाद दुलाल खेलकुदमा सहभागी जनाएर पुरस्कार पाउने विद्यार्थीहरुलाई आगामी दिनको सफलताको शुभकामना साथै हार्दिक बधाइ दिएर कार्यक्रमको समापन गर्नुभएको थियो ।

    20230310_103215.jpg

    कार्यक्रममा विभिन्न ब्याचका टपर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित अतिथीहरुलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

    20230310_103027.jpg20230310_082556.jpg20230310_074114.jpg20230310_082547.jpg

    20230310_074343.jpg20230310_074136 (1).jpg20230310_083330.jpg20230310_093729.jpg

    images
    शनिवार, फाल्गुण २७ २०७९०७:५४:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार