सोमवार, फाल्गुण २९ २०७९
फागुन, २९ काठमाडौ । शिक्षक सेवा आयोगले गरेको बिज्ञापनमध्य माध्यमिक तह खुलातर्फको ६८६ पदमा गरेको विज्ञापनमा ३७ हजार २११ जना र निम्न माध्यमिक तहको लागि १ हजार ५६ पदमा ७६ हजार ४७४ जनाले आवेदन फारम भरेका छन।
आयोगले गत पुष २५ गते मावि र माघ २७ गते निमावि तह खुला प्रतियोगितात्मक परीक्षाबाट शिक्षक छनोटका लागि विज्ञापन गरेको थियो । आयोगका अनुसार मावि तहमा ३८ हजार ३३१ जनाले आवेदन दिए पनि निर्धारित समयमा राजस्व बुझाउने ३७ हजार २११ जनाले मात्र परीक्षा दिन पाउने भएका हुन् ।
आयोगले नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेको थियो ।
सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन गरेको छ । भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा शिक्षक माग गर्दै आवेदन खुला गरेको थियो ।
त्यसैगरि आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा शिक्षक माग गरेकोमा आईतबार साँझसम्म ७६ हजार ४७४ जनाले आवेदन दिएको बताइएको छ।
शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार आईतबार राती १२ बजेसम्म आवेदकले नियमित शुल्क तिरेर अनलाईन फाराम बुझाएका छन। आयोगले गरेको विज्ञापन अनुसार फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिने गरी आवेदन माग गरेको थियो ।