बुधवार, चैत्र १ २०७९
चैत, १ काठमाडौ । सैनिक आवासीय महाविद्यालयले शैक्षिक सत्र २०८० मा विद्यार्थी भर्नाका लागी दर्खास्त आह्वान गरेको छ।
सैनिक आवासिय महाविद्यालय भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन र बर्दिवासमा कक्षा ६, विजेश्वरी ज्ञान मन्दिरका लागि कक्षा १ र ३ तथा रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयका लागि कक्षा १ मा र श्वेतारा मन्टेसरी सैनिक विद्यालयका लागि पूर्व प्राथमिक तहमा दरखास्त आह्वान गरेको छ ।
भर्नाका लागि मिति २०७९ चैत १ गते देखि चैत १४ गते सम्म दर्खास्त दिन सकिने छ। भने परिक्षाको लागी २०७९ चैत १८ गते तोकिएको छ।
