Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई अपडेट : १५ मिनेटमै प्रश्नपत्र बाहिरियो; अंग्रेजिको सट्टा नेपाली प्रश्नपत्र आउदा एक घण्टा परीक्षा ढिलो; छोराको शुल्क तिर्न आमाको तिलहरी धितो ।

एसइई अपडेट : १५ मिनेटमै प्रश्नपत्र बाहिरियो; अंग्रेजिको सट्टा नेपाली प्रश्नपत्र आउदा एक घण्टा परीक्षा ढिलो; छोराको शुल्क तिर्न आमाको तिलहरी धितो ।

  • 595
    SHARES

  • एसइई अपडेट : १५ मिनेटमै प्रश्नपत्र बाहिरियो; अंग्रेजिको सट्टा नेपाली प्रश्नपत्र आउदा एक घण्टा परीक्षा ढिलो; छोराको शुल्क तिर्न आमाको तिलहरी धितो ।

    चैत, १७ काठमाडौ । आज देखि देशैभरी माध्यमिक शिक्षा (एसइई) परीक्षा शुरु भएको छ। झन्डै ५ लाख विद्यार्थी सहभागी हुने परिक्षा देशैभरी शुरु भएको हो।

    परिक्षाको क्रममा बाराको एक परीक्षा केन्द्रबाट एसइई शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो। परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ ।

    त्यसैगरी धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको छ । अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको धनुषाको औरही गाउँपालिका स्थित चक्कर माविमा झण्डै १ घण्टा ढिलो परीक्षा सुरु भएको छ ।

    प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए ।

    त्यसैगरी बाँकेको कोहलपुरमा ५ हजार शुल्क तिर्न नसकेर विद्यालयले एसईईको प्रवेशपत्र नदिएपछि एक जना आमाले आफ्नो तिलहरी धितो राखी छोराको प्रवेशपत्र निकालेर परिक्षामा पठाएकी छन।

    तिलहरी धितो राखेर छोरालाई SEE Exam मा पठाएकि आमा भन्नुहुन्छ: ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन। अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’

    शुल्कका लागि पैसा जुटाउन घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिए । तर गाउँमा मान्छे मरेकाले सोचे अनुसार हुन सकेन। , ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी बिक्री भएन। अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ।’

    ‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ।’ अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखे, " ‘छोराको खुसी नै मेरो खुसी हो,’

    मासिक ३ प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेको छु । पति रोजगारीका लागि भारत पुगेका छन्। सम्पत्तिका नाममा एउटा जस्तापाताले बनाएको सानो घर छ। एक मुठी उब्जनी हुने जग्गा छैन। म पनि दैनिक ज्यालादारीको काम गर्छु ।

     

    images
    शुक्रवार, चैत्र १७ २०७९१०:५८:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार