आइतवार, चैत्र १९ २०७९
चैत, १९ काठमाडौ । रौतहट र धादिङमा SEE दिइरहेका दुई जना नक्कली परिक्षार्थी पक्राउ परेका छन। रौतहटको देवाही गोनाही नगरपालिकाका र धादिङको खनियाबास गाउँपालिका स्थित बच्छलादेबी मा.बि. को एसइइ को परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ परेका हुन् ।
रौतहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको बताइएको छ।
स्रोतका अनुसार रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह मेयरका ज्वाइ रहेको बताइएको छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी समेत इन्जिनियर हुन् ।
परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी धादिङको खनियाबास गाउँपालिका स्थित बच्छलादेबी मा.बि. को एसइइ को परिक्षा केन्द्र बाट आज सन्जय तामाङ पक्राउ परेका छन । बृचेत मा.बि. का परिक्षार्थी राज तामाङको सत्तामा सन्जय तामाङले परिक्षा दिइरहेको भेटिए पछि उनलाई पक्राउ गरिएको बताइएको छ।
परिक्षा सुरु भएको १ घण्टा पछि असली विद्यार्थी नभएको खुले पछि दार्खा प्रहरी चौकीका धर्मेन्द्र प्रसाद कुर्मीको टोलिले तामाङलाई पक्राउ गरिएको हो ।