Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गर्दै टेलिकम।

एसइई विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गर्दै टेलिकम।

  • 520
    SHARES

  • एसइई विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गर्दै टेलिकम।

    चैत २३ गते, काठमाडौ । नेपाल टेलिकम (NTC) ले SEE विद्यार्थीहरुका लागि सबै network मा फोन, मेसेज र ईन्टरनेट चलाउन मिल्ने गरि नि:शुल्क सिम उपलब्ध गराउने छ। टेलिकमले परिक्षा दिएका विद्यार्थीहरूका लागि SEE- २०७९ अफर उपलब्ध गराउने भएको हो।

    नेपाल टेलिकमका अनुसार यो अफर २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ, भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ।

    विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। तर नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ। 

    नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रूपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ। साथै, एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएससहितको सुविधा प्रयोग गर्न सक्नेछन्।

    यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ। यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ।

     

    images
    बिहिवार, चैत्र २३ २०७९०३:११:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार