Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौ महानगरले तयार गर्यो बार्षिक कार्यतालिका। (कार्यतालिका सहित)

काठमाडौ महानगरले तयार गर्यो बार्षिक कार्यतालिका। (कार्यतालिका सहित)

  • 654
    SHARES

  • काठमाडौ महानगरले तयार गर्यो बार्षिक कार्यतालिका। (कार्यतालिका सहित)

    काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८० को वार्षिक कार्यतालिका तयार गरेको छ । महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र २०८० मा सञ्चालन गरिने परीक्षा, बिदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्ने उद्देश्यले कार्यतालिका तयार गरेको हो।

    कार्यतालिका अनुसार काठमाडौ महानगरले वैशाख ३ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्ने छ। त्यस्तै गर्मी बिदा असार २२ देखि २९ गतेसम्म, प्रथम त्रैमासिक मूल्याङ्कन साउन २५ देखि भदौ १ गतेसम्म, असोज २८ गतेदेखि कार्त्तिक ३० गतेसम्म दशैं तिहार बिदा ३३ दिन (दशैं बिदा असोज २८ देखि कार्तिक ११ गतेसम्म १५ दिन, दशैं तिहार बीचको बिदा कार्तिक १२ देखि २४ गतेसम्म १३ दिन, तिहार बिदा कार्तिक २६ देखि कार्तिक ३० गतेसम्म ५ दिन) गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।

    त्यसैगरी, दोस्रो त्रैमासिक, अर्धबार्षिक मूल्याङ्कन पुष १ देखि ११ गतेसम्म, जाडो बिदा १९ दिन (पुष १६ देखि माघ ५ गतेसम्म) अन्तिम मूल्याङ्कन ( चैत १ देखि ९ गतेसम्म, चैत १० गतेदेखि अर्को शैक्षिक सत्र शुरु हुने दिनसम्म चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्र २०८१ का लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठा व्यवस्थापन लगायतको तयारी गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।

    शैक्षिकसत्र २०८० मा ५ दिन विद्यालयहरु आफैँले आवश्यकता अनुसार बिदा दिन सक्नेगरी शैक्षिक सत्र २०८० मा जम्मा २२४ दिन विद्यालय सञ्चालन गर्ने गरीको कार्यतालिका तयार गरेको छ।

    यद्यपि बार्षिक कार्यतालिकाका आधारमा विद्यालयको शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेण्डर र शैक्षणिक योजना तयार गरि तालिम, अतिरिक्त क्रियाकलाप, क्लब, शुक्रबार सञ्चालन हुने गतिविधि, जीवनोपयोगी सीप लगायतका कार्यक्रम सञ्चालन सम्बन्धी जानकारी भने पछि गराइने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

    यस्तो छ कार्यतालिका ।

    https://drive.google.com/file/d/16S6mLxfVFPRBOu_ukdTzS9djMRFY2QMO/view?usp=drivesdk

     

    Screenshot_20230406-095355_Samsung Notes.jpgScreenshot_20230406-095408_Samsung Notes.jpgScreenshot_20230406-095420_Samsung Notes.jpg

    images
    बिहिवार, चैत्र २३ २०७९०८:१६:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार