Jul 27 2026 | २०८३, श्रावण ११ गते

आजबाट देशभर पाठ्यपुस्तक वितरण गर्दै केन्द्र।

आजबाट देशभर पाठ्यपुस्तक वितरण गर्दै केन्द्र।

  • 796
    SHARES

  • आजबाट देशभर पाठ्यपुस्तक वितरण गर्दै केन्द्र।

    चैत, २४ काठमाडौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री, बितरण सुरूगर्ने भएको छ । केन्द्रले २०८० वैशाख २ गतेबाट सुरूहुने नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक बितरण गर्न लागेको हो।

    सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री सुरू गर्न लागेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिममा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने बताएको छ ।

    केन्द्रले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै दुर्गममा पहिलो, पहाडीमा दोस्रो र सुगम र तराईका जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक ढुवानी र बिक्री गर्न निर्देशन दिएको छ ।

    केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाका अनुसार सबै प्रदेश कार्यालयले १ हजार २ सय ६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गर्ने र वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने बताइएको छ।

     

    images
    शुक्रवार, चैत्र २४ २०७९११:२०:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार