Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम विश्वविद्यालको दीक्षान्त समारोह सम्पन्न: १७९ जना विद्यार्थी दीक्षित।

सुदूरपश्चिम विश्वविद्यालको दीक्षान्त समारोह सम्पन्न: १७९ जना विद्यार्थी दीक्षित।

  • 522
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालको दीक्षान्त समारोह सम्पन्न: १७९ जना विद्यार्थी दीक्षित।

    चैत, २६ गते धनगढी । सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा सम्पन्न भएको छ। बिश्वबिद्धालय कुलपति तथा प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको हो।

    दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा व्यक्त गरे । उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए ।FB_IMG_1681045811517.jpg

    दीक्षान्त समारोहमा ईन्जिनियरिङ संकायका २५ जना,सिएसआईटीका १६ जना,बिएससी का १४ जना,बिएडका १७ जना एमएडका १५ जना,बिएका ४ जना,एमएका १४ जना,बिबिए,१७ जना,बिबिएस ३७ जना र एमविएमका २० जना गरी एक सय ७९ जना विद्यार्थी दीक्षित हुनुभएको छ ।

    “विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री दाहालले भने ।

     

    स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे। “सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ”, उनले भने, “उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।”

    दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उहाँले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।FB_IMG_1681052980224.jpg

    दीक्षान्त समारोहमा बिश्वबिद्धालयले ८ जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरेको छ । महेन्द्रनगर स्थित विश्वविद्यालयको केन्द्रिय कार्यालयमा आयोजित दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री प्रचण्डले ८ विद्यार्थीलाई स्वर्ण पदकबाट विभुषित गरेका हुन । त्यसैगरी एक जनालाई चान्सलर पदक र एक जनालाई भाइस चान्सलर पदक समेत प्रदान गरे । 

    पदक प्राप्तगर्नेमा विश्वविद्यालयको केन्द्रिय क्याम्पसका विद्यार्थी व्यवस्थापन संकायबाट स्नाकोत्तर मुकेश राज जोशीले चान्सलर पदक प्राप्त गरेका छन भने ईन्जिनियङ्गि संकायमा स्नातक डिल्लीराज शर्माले भाइस चान्सलर पदक प्राप्त गरे । त्यसैगरी केन्द्रिय क्याम्पसका हेमा जोशी,बलदेव भट्ट, मुकेश राज जोशी, केशव दत्त जोशी, महेश्वरी बडु, मुकुन्द सिंह क्षेत्री, शिव शंकर पाण्डेय र डिल्लाराज शर्माले स्वर्ण पदक प्राप्त गरे ।   

     

     

    images
    आइतवार, चैत्र २६ २०७९०८:४६:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार