Jul 27 2026 | २०८३, श्रावण ११ गते

"समयमै भर्ना, समयमै ज्ञान: गुणस्तरीय शिक्षा, सबैको अभियान " २०८० विद्यार्थी भर्ना कार्यक्रम।

"समयमै भर्ना, समयमै ज्ञान: गुणस्तरीय शिक्षा, सबैको अभियान " २०८० विद्यार्थी भर्ना कार्यक्रम।

  • 756
    SHARES

  • "समयमै भर्ना, समयमै ज्ञान: गुणस्तरीय शिक्षा, सबैको अभियान " २०८० विद्यार्थी भर्ना कार्यक्रम।

    चैत, २७ काठमाडौ । शिक्षा ताथा मानव स्रोत बिकास केन्द्रले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम बैशाख देखि शुरुगर्ने निर्णय गरेको छ।

    केन्द्रले देशभर सबै बिद्यालय, स्थानिय तह र शिक्षा बिकास तथा समन्वय इकाइका नाममा पत्र पठाउदै "समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान " आदर्श नारासहित भर्ना अभियान संचालन गर्न अनुरोध समेत गरेको छ।

    केन्द्रले भर्ना अभियान २०८० बैशाख महिनामा नै संचालन गर्ने ब्यबस्था मिलाउन अनुरोध गरेको छ। अभिभावक बिहिन बालबालिकाको अभिभावकत्व ग्रहण गरि भर्ना गराउने र त्यसता बालबालिकाहरुको पढाईमा निरन्तर सहयोग गर्न उचित पहिचान गर्न र सम्मान गर्न अभिलेख राख्ने ब्यबस्था मिलाउन समेत अनुरोध गरेको छ।

    त्यसैगरि केन्द्रले भर्नाका लागी आफ्नो सेवा क्षेत्रभित्र व्यापक प्रचारप्रसार र सूचना गर्ने , यसका लागी स्थानिय, रेडियो, एफएम टेलिभिजन, सामाजिक संजाल तथा स्थानिय मेला आदिलाइ माध्यमको रुपमा प्रयोग गर्न सकिने बताएको छ।

    केन्द्रको जारि गरेको पत्र अनुसार भर्ना अभियानबाट बिद्यालयमा भर्ना भएका बालबालिकाको उमेरगत विवरणसहितको प्रतिबेदन सम्बन्धित शिक्षा बिकास तथा समन्वय इकाइमा पठाउनुपर्ने उल्लेख गरिएको छ।

    FB_IMG_1681115566411.jpgFB_IMG_1681115568613.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार