मंगलवार, बैशाख १२ २०८०
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को बार्षिक परिक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ। परिक्षा नियन्त्रण कार्यलय भक्तपुरले २०८० बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म संचालन हुने परिक्षाको केन्द्र सार्वजनिक गरेको हो।
राष्ट्रिय परिक्षा बोर्डले परिक्षामा सहभागी हुने चार लाख ६७ हजार परीक्षार्थीका लागि १ हजार ४५३ परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।