Jul 28 2026 | २०८३, श्रावण १२ गते

आठराई र ओएसिस पब्लिकेसनको पाठ्यसामग्री प्रयोग नगर्न पाठ्यक्रम बिकास केन्द्रको निर्देशन । (सूचना सहित)

आठराई र ओएसिस पब्लिकेसनको पाठ्यसामग्री प्रयोग नगर्न पाठ्यक्रम बिकास केन्द्रको निर्देशन । (सूचना सहित)

  • 1.8K
    SHARES

  • आठराई र ओएसिस पब्लिकेसनको पाठ्यसामग्री प्रयोग नगर्न पाठ्यक्रम बिकास केन्द्रको निर्देशन । (सूचना सहित)

    बैशाख,२४ गते काठमाडौं। पाठ्यक्रम विकास केन्द्रले आठराई पब्लिकेसन प्रा.लि र ओएसिस प्रब्लिकेसन प्रा.लि काठमाडौंले प्रकाशन गरेका पाठ्यसामग्री प्रयोग नगर्न सूचना प्रकाशित गरेको छ। बैशाख २० गते सूचना जारी गर्दै केन्द्रले यी दुई पब्लिकेशनले लागू भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री केन्द्रमा पेश गरी स्वीकृति पत्र लिएपनि पुरानै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री विक्रिवितरण गरेको भन्दै यस्तो निर्देश दिएको हो।

    आठराई र ओएसिस दुबै पब्लिकेसनहरुले स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रम अनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण वर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को छाप हानी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई गुमराहमा पारी पाठ्यसामग्रीहरु बजारमा विक्रिवितरण गरेको पाइएको केन्द्रले जनाएको छ ।

    स्वीकृति पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० को उपदफा (२) बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिने केन्द्र्रले सूचनामा उल्लेख गरेको छ। साथै ती पाठ्यसामग्रीहरु तत्काल फिर्ता गराउन समेत प्रकाशक निर्देशन दिएको छ।

    ओएसिस पब्लिकेसन प्रा.लि. काठमाडौंबाट प्रकाशित कक्षा ४, ६, र ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल प्रकाशन स्वीकृति प्राप्त विषय र कक्षा ५ को स्वीकृत प्राप्त नगरेको वन्डर इङ्लिस विषय प्रयोग नगर्न केन्द्रले निर्देशक दिएको छ। त्यस्तै आठराई पब्लिकेसन प्रा.लि.काठमाडौंबाट प्रकाशित कक्षा ५ को रसिलो नेपाली विषय प्रयोग नगर्न केन्द्रले निर्देशन दिएको छ ।

    साथै पाठ्यक्रम बिकास केन्द्रले यी दुइटै पब्लिकेसनको पुस्तकहरु प्रकाशन स्वीकृति रद्द समेय गरेको छ।

    हेर्नुस सूचना । 

     

    Screenshot_20230507-184029_Samsung Notes.jpgScreenshot_20230507-183800_Samsung Notes.jpgScreenshot_20230507-183812_Samsung Notes.jpgScreenshot_20230507-183950_Samsung Notes.jpgScreenshot_20230507-184000_Samsung Notes.jpg

    images
    आइतवार, बैशाख २४ २०८००६:४५:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार