सोमवार, बैशाख २५ २०८०
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । भोलि वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाको सम्पुर्ण तयारी पूरा भएको हो।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार परीक्षा केन्द्र तोक्ने काम पहिलेनै पूरा भइसकेको र केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्नेलगायतका काम पनि समेत पुराभएको बताइएको छ।
यस बर्ष परिक्षामा कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यसबर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेका बताइएको छ । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
परीक्षा भोलि बिहाना ८:०० बजे देखि ११ बजे सम्म संचालन हुनेछ।