Oct 03 2026 | २०८३, आश्विन १७ गते

गोरखा नगरपालिकाका वडाध्यक्षहरुले मागे शिक्षा शाखा प्रमुखको राजीनामा ।

गोरखा नगरपालिकाका वडाध्यक्षहरुले मागे शिक्षा शाखा प्रमुखको राजीनामा ।

  • 567
    SHARES

  • गोरखा नगरपालिकाका वडाध्यक्षहरुले मागे शिक्षा शाखा प्रमुखको राजीनामा ।

    बैशाख, २७ काठमाडौ । गोरखा नगरपालिकाका वडाध्यक्षहरुले शिक्षा शाखा प्रमुखको राजीनामा माग गरेका छन् । पालिका अन्तर्गत ७ वटा वडाका वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतलाई एक ज्ञपनपत्र बुझाउदै यस्तो माग गरेका हुन्।

    ज्ञापनपत्रमा शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले राजनीति आडमा निर्णय गर्ने गरेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अवज्ञा गर्दै नगर कार्यपालिकामा प्रस्ताव पेश भै निर्णय गर्नुपर्ने धेरै विषय वस्तुहरु केही कर्मचारीको संलग्नतामा राजनीतिको आडमा कार्यपालिकामा हाम्रो बहुमत छ भन्दै दुरुपयोग गरेक उनिहरुको आरोप लगाएका छन।

    शिक्षक नियुक्तिमा माध्यमिक तह पास भएर आएका शिक्षकहरुलाई फेल गराई आफ्नो भान्जाको छोरी भान्जी नाता पर्नेलाइ पुरै सेटिङ गरि नाम निकालिदिने लगाएतका कार्य गरेको बताएका छन। त्यसैगरी प्रमुखले कार्यलय परिसरमा सुर्तीजन्य र मादकपदार्थ सेवन गर्ने लगाएत अस्वभाविक र अमर्यादित व्यबहार गर्नेगरेको उल्लेख गरेका छन।

    यस्तो छन ज्ञापनपत्र ।

    Screenshot_20230510-065053_Facebook.jpg

    images
    बुधवार, बैशाख २७ २०८००७:१७:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार