Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रहरी अनुसन्धानमा सघाउन टोप बहादुरलाई अनेरास्ववियुको सुझाव ।

प्रहरी अनुसन्धानमा सघाउन टोप बहादुरलाई अनेरास्ववियुको सुझाव ।

  • 365
    SHARES

  • प्रहरी अनुसन्धानमा सघाउन टोप बहादुरलाई अनेरास्ववियुको सुझाव ।

    बैशाख, २७ काठमाडौ । अनेरास्ववियुले नेकपा एमालेका सचिव टोप बहार्दु रायमाझीलाई प्रहरी अनुसन्धानमा सघाउन सुझाव दिएको छ। एमाले निकट विद्यार्थी संगठनका अध्यक्ष समिक बडालले सामाजिक संजाल फेसबूक मार्फत बिज्ञपति जारी गर्दै यस्तो सुझाव दिएको हो।

    अध्यक्ष बडालले प्रश्न उठिसकेपछि पार्टी जिम्मेवारीबाट अलग रहेर अनुसन्धानलाई सघाउन र निर्दोश सावित हुन समेत सुझाव दिएका छन। त्यसैगरी अध्यक्ष बडालले पार्टीले समेत अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको निर्णय आएको छ्, २४ घण्टा भित्र पार्टी निर्देशन अनुसार प्रशासनमा उपस्थित भएर कानुनी प्रकृयालाइ सहयोग पुर्याउनु कमरेड टोप बहादुर रायमाझीको दायित्व रहेको बताएका छन्।

    हेर्नुस पूरा बिज्ञपति

    नेकपा एमालेका सचिव कमरेड टोप बहादुर रायमाझी प्रश्न उठिसकेपछि पार्टी जिम्मेवारी बाट अलग रहेर अनुसन्धान लाइ सघाउनुस र निर्दोश सावित हुनुहोस्। यो एमाले हो ,अन्य दल लाइ लगाए जस्तो प्रमाणित भ्रस्टचारी जोगाएको दलको आरोप हामी सहन सक्दैनौ। यो मनमोहन जस्तो सादगी प्रधानमन्त्री, जननेता मदन भण्डारी जस्तो बिचारक र केपी ओलि जस्तो सुखि नेपाली समृद्द नेपालको परिकल्पनाकार रास्ट्रीय स्वाधिनताको रक्षक साहसी राजनेता ले नेतृत्व गरेको दल हो। पार्टीले समेत अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको निर्णय आएको छ्। २४ घण्टा भित्र पार्टी निर्देशन अनुसार प्रशासनमा उपस्थित भएर कानुनी प्रकृयालाइ सहयोग पुर्याउनु कमरेड टोप बहादुर रायमाझीको दायित्व हो। भ्रस्टचार बिरुद्द सुशासनको पक्षमा दृणतापुर्वक उभिन देशभरका अनेरास्ववियु का नेता कार्यकर्ता हरुलाइ अनुरोध गर्दछु। यो भ्रस्टाचारको मुद्दा मात्र होइन ,हिजो हाम्रो पार्टीले स्थापित गरेको रास्ट्रीय स्वाधिनता र स्वभिमान बिरुद्द उठेको प्रश्न पनि हो।

    निर्दोश नफसुन ,दोशी नबचोस्।

    समिक बडाल

    अध्यक्ष

    अनेरास्ववियु केन्द्रीय कमिटी

    Screenshot_20230510-115621_Facebook.jpg

    images
    बुधवार, बैशाख २७ २०८०१२:०४:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार