Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय हातबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्न केन्द्रको निर्देशन ।

विद्यालय हातबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्न केन्द्रको निर्देशन ।

  • 463
    SHARES

  • विद्यालय हातबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्न केन्द्रको निर्देशन ।

    जेठ, २ काठमाडौ । विद्यालय हातबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्ने नगराउने सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। केन्द्रले सबै बिद्यालयहरुलाइ पत्र पठाउदै यस्तो निर्णय गरेको हो।

    बिद्यालय एउटा सेवामूलक संस्था हो भन्दै, त्यहाँ नियमित रुपमा पठनपाठन संचालन गरि विद्यार्थीको सर्बांगिण बिकासमा सहयोग गर्नु प्रमुख कर्तब्य भएको पत्रमा उल्लेख गरेको छ।

    केन्द्रले बिद्यालय हाताबाट व्यावसायिक रुपमा कुनैपनि शैक्षिक सामाग्री बिक्रि बितरण गर्न नहुने ब्यबस्था शिक्षा नियमावली २०५९ को नियम ३७ मा भएकोले यस्तो कार्य नगर्न नगराउन निर्देशन दिएको छ।

     

    FB_IMG_1684232926078.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार