बिहिवार, जेठ १८ २०८०
जेठ, १८ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस / कलेजहरु असार मसान्तसम्म कार्यक्रम नवीकरण गर्न सूचना जारी गरेको छ। शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरेका क्याम्पस /कलेजहरुलाई कार्यक्रम नविकरणका लागि आग्रह गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तह संचालन गरि २०७८ अषढ मसान्तसम्म सम्बन्धन नविकरण भइसकेका कलेजहरुले एम.एड तह, चार वर्षे बी.एड र स्नातक तह सूचना तथा सञ्चार प्रविधि शिक्षा (BICTE). कार्यक्रम सञ्चालन गरे वापत मिति २०८२ असार मसान्तसम्म नवीकरण गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।
त्यसैगरि २०७८ देखि २०७९ सम्म स्नातक तह BICTE र एम.एड.तहको कार्यक्रम नयाँ सम्बन्धन प्राप्त क्याम्पसहरुको हकमा २०८१ मा मात्र नविकरण शुल्क बुझाउनेपर्ने छ।