Jul 27 2026 | २०८३, श्रावण ११ गते

हिसान पहिलो म्याराथन जेठ २२ मा हुने ।

हिसान पहिलो म्याराथन जेठ २२ मा हुने ।

  • 439
    SHARES

  • हिसान पहिलो म्याराथन जेठ २२ मा हुने ।

    जेठ, १८ काठमाडौ । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान) काठमाडौ जिल्लाले म्याराथन प्रतियोगिता गर्ने भएको छ। हिसान काठमाडौले बिश्व वातावरण दिवसको अवसरमा 'Lets Run Together for Environment' भन्ने मुल नाराका साथ 'Frist HISSAN Marathon - 2023' गर्ने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    म्याराथन कार्यक्रम २०८० जेठ २२ गते (जुन ५) बिहान ७ बजे हिसान कार्यलय रहेको ट्रेड टावर थापाथलीबाट युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको समुपस्थितिमा शुरुहुने छ।

    हिसानको सदस्य संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरु बिच करिब ४ कि.मि. को दुरिमा संचालन हुने छ। थापाथली बाट शुरुहुने म्याराथन त्रिपुरेश्वर, सुनधारा, जमल, पुरानोबसपार्क, रामशाहपथ, माइतीघर हुँदै ओउन थापाथलिमा आएर समापन हुने बताइएको छ।

    हिसान काठमाडौ जिल्लाका अध्यक्ष शिवप्रसाद अधिकारिले म्याराथनमा कक्षा ९ देखि स्नातकोत्तर तहमा अध्ययनरत नियमित विद्यार्थीहरु सहभागिहुने जानकारी दिनुभयो ।

    महिला र पुरुष दुबै समुह सहभागी हुने म्याराथनमा ३ सय विद्यार्थी सहभागी हुने जनाएको छ । भने म्याराथनमा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार तोकिएको छ ।साथै महिला र पुरुष तर्फ थप ३/३ जनालाइ सान्त्वना स्वरुप रु. १००० उपलब्ध गराइने छ।

    यस्तो छ बिज्ञप्ति20230601_164627.jpg

     

    images
    बिहिवार, जेठ १८ २०८००९:११:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार