Jul 27 2026 | २०८३, श्रावण ११ गते

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम बन्द ।

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम बन्द ।

  • 509
    SHARES

  • गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम बन्द ।

    जेठ, २८ गते धनगढी । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार) सुदूरपश्चिम बन्द आह्वान गरिएको छ। निर्माण पूरा भैसकेको तरा बिश्वबिद्धालय संचालनमा कुनै चासो नदेखाएको भन्दै आज आइतबार गरिएको गरिएको हो।

    स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए। उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्।

    संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। 

    यसअघि बिश्वबिद्धालयको माग गर्दै काठमाडौको माइतिघरमा समेत आन्दोलन गरिएको थियो।

    संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ। उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन्।

    गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ। बिहीवार अत्तरिया बजार बन्द गरेको थियो। बिहिवार साझ नाराबाजीसहित गेटाको मूल गेटमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको ब्यानर पनि राखेको छ।

     

    images
    आइतवार, जेठ २८ २०८००७:५५:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार