Jul 27 2026 | २०८३, श्रावण ११ गते

पदाधिकारी नियुक्ति नहुदा १३ हजार शिक्षक दरबन्दी रिक्त: शिक्षक सेवा आयोग भन्छ नियुक्ति पछी विज्ञापन गरिने!

पदाधिकारी नियुक्ति नहुदा १३ हजार शिक्षक दरबन्दी रिक्त: शिक्षक सेवा आयोग भन्छ नियुक्ति पछी विज्ञापन गरिने!

  • 759
    SHARES

  • पदाधिकारी नियुक्ति नहुदा १३ हजार शिक्षक दरबन्दी रिक्त: शिक्षक सेवा आयोग भन्छ नियुक्ति पछी विज्ञापन गरिने!

    शिक्षक सेवा आयोगमा शिक्षक दरबन्दी मिलान पछि पनि विभिन्न तहका १३ हजार शिक्षक दरबन्दी रिक्त रहेको छ। आयोगसंग सो दरबन्दीमा खुला तथा आन्तरिक विज्ञापनबाट पदपूर्ति गर्ने सामाथ्र्य छैन । पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा शिक्षक सेवा आयोगको वार्षिक कार्यपात्रो नै प्रभावित भएको छ |

    आयोगका पूर्व अध्यक्ष ताना गौतमको पदावधि गत असोज १४ गते सकिएपछि आयोग अहिले अध्यक्ष विहीन हुन पुगेको छ । त्यस्तै गत असारमा सदस्य ज्ञानी यादव र अर्का सदस्य सिताराम पोख्रेलको अवधि २०७५ मंसिरमा सकिएको थियो । सरकारले ती रिक्त पदमा नयाँ पदाधिकारी नियुक्त गर्न नसक्दा आयोगको कार्यापात्रो प्रभावित भएको हो ।

    शिक्षामन्त्रीले आफू निकटस्थ व्यक्तिलाई पदाधिकारी नियुक्ति गर्ने सोच बनाएका कारण मन्त्री परिषद्को बैठकमा सो छनोट सिफारिसको सिफारिस नै नलगेको चर्चा पनि गाइगुइ सुनिदैछ l 

     शिक्षक सेवा आयोग (नवौँ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारी सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले गठन गर्ने व्यवस्था छ ।

    सोही समितिले दुई हप्ता अघि अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यमा नन्दकुमारी महर्जन र डा. डिल्लीराम रिमाललाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता लगायतका विधि प्रयोग गरी छनोट तथा सरकारलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । सो समितिको सिफारिसलाई मन्त्रीपरिषद्ले अहिलेसम्म स्वीकृत गर्न सकेको छैन । सम्पूर्ण प्रक्रिया सकिविधि सम्मत सिफारिस भएका पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले सञ्चालन गर्ने भनिएको शिक्षक छनोटको खुला प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने अन्योलमा आयोगको सचिवालय रहेको छ ।

    सचिवालयमा रिक्त शिक्षक दरबन्दी संख्या आइसकेको छ । नियमावली अनुसार आयोगमा रिक्त दरबन्दी विवरण आएपछि प्रत्येक वर्ष ती पदमा खुला प्रतियोगिता मार्फत् शिक्षक छनोट गनर्गुपर्ने प्रावधान छ । तर सरकारको अस्थिरता, राजनैतिक अस्थिरता लगायतका कारणले आयोगले नियमित रुपमा परीक्षा सञ्चालन गर्न सकेको छैन । आयोगले नियमित खुला परीक्षा सञ्चालन नगर्दा आयोगबाट अध्यापन अनुमति पत्र लिएका करिब ६ लाख भन्दा बढी जनशक्ति प्रभावित भइरहेका छन् । कतिपय योग्य जनशक्ति आयोग नियमित नखुल्दा आफूले हासिल गरेको डिग्रीलाई सिरानीमा राखेर खाडीमा पसिना चुहाउनु पर्ने बाध्यता रहेको विद्यार्थीहरुको गुनासो छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षा विकास तथा समन्वय इकाईले रिक्त दरबन्दी विवरण पठाइसकेको छ । शिक्षक दरबन्दी मिलानपछि पनि केन्द्रमा करिब १३ शिक्षक दरबन्दी रिक्त रहेको विवरण आएको केन्द्रले जानकारी दियो । केन्द्रले आयोगलाई रिक्त शिक्षक दरबन्दी संख्या उपलब्ध गराएपछि आयोगले आन्तरिक बढुवा तथा खुला तर्फ विज्ञापन गरेर शिक्षक पदपूर्ति गर्नुपर्ने भएपनि आयोग पदाधिकारी विहीन हुँदा अहिले नै खुला विज्ञापन नगर्ने मनस्थितिमा देखिदैछ । ‘देशभर तत्काल पदपूर्ति गर्नै पर्ने शिक्षक दरबन्दी संख्या सबै तहको करिब १३ हजार छ । 

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार