बुधवार, जेठ ३१ २०८०
जेठ, ३० गते काठमाडौ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान/HISSAN) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा हिसान एडुफेयर -२०२३ आगामी जेठ ३२ गतेदेखी हुनेभएको छ। 'उत्कृष्ट शिक्षा नेपालमै'' भन्ने नाराकासाथ आठौं कान्तिपुर हिसान एडुफेयर आगामी जेठ ३० देखि असार ३ गतेसम्म हुने भएको हो।
हिसानले एक पत्रकार सम्मेलन आयोजन गर्दै नेपालमै संचालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श दिने उदेश्यले यस्तो फेयरको आयोजना गरिएको बताइएको छ। फेयरका संयोजक टंकराज आचर्यका अनुसार मेलामा विद्यार्थीलाई भर्ना गर्ने उदेश्य नरहेको तर शैक्षिक संस्थाका बारेमा जानकारी दिने तथा विद्यार्थी, अभिभावकलाई कुन विषय किन पढ्ने, विषय छनोट कसरी गर्ने जस्ता कुरामा परामर्श दिइने बताइएको छ।
कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तिकै लागि ठुलो धनराशी विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन र ठुलो धनराशि विदेश जानबाट जोगाउने तथा विद्यार्थी अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा जानकारि दिन मेला उपयोगिता हुने विश्वास छ विज्ञप्तिमा उल्लेख छ ।
सभामुख देवराज घिमिरेबाट उद्घाटन हुने मेलामा विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम सञ्चालन गरेका संस्थाहरुका साथै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रको सम्बन्धनमा सञ्चालित ७५ बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने छ ।
मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने एक हजार बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको हिसानले जानकारी दियो । साथै विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने दुई लाख बढीले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ ।