Jul 27 2026 | २०८३, श्रावण ११ गते

हिसान एडु फेयर शुरु: अनुमति नलिएको भन्दै आजका लागी बन्द।

हिसान एडु फेयर शुरु: अनुमति नलिएको भन्दै आजका लागी बन्द।

  • 645
    SHARES

  • हिसान एडु फेयर शुरु: अनुमति नलिएको भन्दै आजका लागी बन्द।

    जेठ, ३२ काठमाडौ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) एडु फेयर आज देखी शुरु भएको छ। 'उत्कृष्ट शिक्षा नेपालमै' भन्ने मुल नाराक साथ हिसान र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा आठौं कान्तिपुर हिसान एडुफेयर- २०२३ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको हो।20230615_121906_11zon.jpg

    शैक्षिक मेला एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको बताइएको छ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन् । मेला असार ३ गतेसम्म चल्ने छ । मेलामा विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम सञ्चालन गरेका संस्थाहरुको सहभागिता रहेको छ । शैक्षिक मेलामा ५० भन्दा बढी शिक्षण संस्थाका स्टलहरू रहेका छन।

    20230615_132946_11zon.jpg

    मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जानकारी दिए ।

    20230615_132310_11zon.jpg

    महानगरले बन्द गर्यो मेला

    काठमाडौको प्रदर्सनिमार्ग स्थित भृकुटीमण्डपमा आजदेखि सुरू भएको हिसान एडु फेयर शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ। एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीकेन्द्रित शैक्षिक मेला महानगरले अनुमती नलिएको भन्दै बन्द गराएको हो। 

    Screenshot_20230615-162300_Facebook.jpg

    एसइई र कक्षा १२ को नतिजा प्रकाशन हुनु अगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने कार्य गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको काठमाडौ महानगरले जनाएको छ।

    मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार भृकुटीमण्डपमा शैक्षिक मेला हुँदैछ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको बताए। ' कलेजमा लाग्ने शुल्क लगायतका विषय शैक्षिक मेलामा नबताउने तर पढाइ हुने विषयबारे र शैक्षिक संथाको बारे मात्र विद्यार्थीहरूलाई जानकारी गराउने शर्तमा भोलिदेखि मेला आयोजना गर्न पाइने उनले बताए।

    कक्षा ११ र स्नातक तह (ब्याचलर) मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकाय, विषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजकले जनाएको छ ।

    मेलामा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ भने एक हजार बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको हिसानले जानकारी दियो । साथै विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने दुई लाख बढीले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

    20230615_132325_11zon.jpg20230615_132310_11zon.jpg

    images
    बिहिवार, जेठ ३२ २०८००६:०६:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार