Jul 27 2026 | २०८३, श्रावण ११ गते

कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि पुन: शुरु

कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि पुन: शुरु

  • 576
    SHARES

  • कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि पुन: शुरु

    असार, ८ काठमाडौँ — कान्तिपुर हिसान एडुफेयर -२०२३ (शैक्षिक मेला) भृकुटीमण्डपमा पुन: सुरु भएको छ । एसईई र कक्षा १२ को नतिजा आउनु अगाडिनै भर्ना गरेको भन्दै बन्द काठमाडौले बन्द गरेको शैक्षिक मेला उच्च अदालतले मेलामा हस्तक्षेप नगर्म अन्तरिम आदेश दिएसंगै पुन शुरु भएको हो।

    हिसानले एसईई र कक्षा १२ को परीक्षा दिई नतिजा कुरेर बसेका विद्यार्थी र तिनका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजकले जनाएको छ । मेला असार १० गते आइतबारसम्म सञ्चालन हुनेछ।

    निःशुल्क प्रवेश रहेको मेलामा नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जनाए । मेलामा विद्यार्थी, अभिभावकलाई शैक्षिक परामर्श दिइने संयोजक आचार्यले बताए ।

    मेलामा शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग छलफल र परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।

    images
    शुक्रवार, आषाढ ८ २०८००८:४३:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार