Jul 27 2026 | २०८३, श्रावण ११ गते

मुटुद्वारा आयोजित प्राध्यापकहरुका लागी पाँच दिने तालिम सम्पन्न

मुटुद्वारा आयोजित प्राध्यापकहरुका लागी पाँच दिने तालिम सम्पन्न

  • 407
    SHARES

  • मुटुद्वारा आयोजित प्राध्यापकहरुका लागी पाँच दिने तालिम सम्पन्न

    असार १० गते सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाईका संयोजक उप.प्रा. कल्पना पौडेलज्यूको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाई (Mid-West University Training Unit - MUTU) द्वारा आयोजित पाँच दिने Training of Trainers for Faculty Members तालिम सम्पन्न भएको छ ।

    समापन कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एवं उपकुलपतिज्यूले यस तालिमले सहभागी प्राध्यापकहरुको क्षमता विकासमा सहयोग पुगेको र सोको प्रतक्ष्य लाभ विद्यार्थीहरुमा पर्ने कुरामा विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले अबको दिनमा समेत यस प्रकारका तालिमहरु थप शसक्त रुपमा अगाडि बढ्ने र सोही उदेश्यका साथ मध्यपश्चिम विश्वविद्यालय तालिम इकाई, मुटुको स्थापना भएको जानकारी दिनु भएको थियो ।FB_IMG_1687748674313.jpg

    विश्वविद्यालय अनुदान आयोगको सहयोगमा संचालित उक्त तालिम असार ६ देखि १० गते सम्म केन्द्रीय कार्यालय स्थित सेमिनार हलमा संचालन भएको थियो । समापन कार्यक्रममा विशेष अतिथिको रुपमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यूले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन मुटुका सदस्य उप.प्रा. कमला तिवारीज्यूले गर्नु भएको थियो ।FB_IMG_1687748691348.jpg

    मध्यपश्चिम विश्वविद्यालयका बिभिन्न ग्र्याजुएट स्कूल तथा क्याम्पसहरुबाट ३० जना प्राध्यापक तालिममा सहभागी हुनुहुन्थ्यो भने त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयबाट गरी ५ जना प्रशिक्षकले तालिम सहजीकरण गर्नुभएको थियो ।

     

    images
    सोमवार, आषाढ ११ २०८००८:५२:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार