सोमवार, आषाढ १८ २०८०
काठमाडौं, असार १८ गते । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)परिक्षाको नतिजा शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अनुसार नतिजा प्रकाशनको अन्तिम काम भइरहेकोले आगामी शुक्रबार सम्म प्रकाशित गर्ने तयारी गरेको हो।
शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले परीक्षाफल प्रकाशित गर्नका लागि अन्तिम तयारी भइरहेको छ । शुक्रबार (साउन २२) सम्म परीक्षाफल सार्वजनिक गर्छौँ ।”
एसइईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार प्रकाशित गर्ने भन्ने यकिन भएको छैन । गत वर्ष चैत १७ देखि २९ गतेसम्म एसइई परीक्षा भएको थियो । ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रमा सम्पन्न भएको परीक्षामा पाँच लाख विद्यार्थी सहभागी थिए ।