Oct 02 2026 | २०८३, आश्विन १६ गते

केसिसिएस प्रथम फूटसल प्रतियोगिता सम्पन्न।

केसिसिएस प्रथम फूटसल प्रतियोगिता सम्पन्न।

  • 600
    SHARES

  • केसिसिएस प्रथम फूटसल प्रतियोगिता सम्पन्न।

    असार, १७ काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (KCCS/केसिसिएस) द्वारा आयोजित फूटसल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ। आइतवार काठमाडौको बाफलमा भएको पहिलो फूटसल टुर्नामेन्ट सम्पन्न भनेको हो।

    20230702_181350 (1).jpg

    फुटसल प्रतियोगितामा आयोजक दुई वटा टिम सहित काठमाडौ जिल्ला भरीबाट जम्मा १८ टिमको सहभागिता रहेको थियो। खेल नकाउट चरणमा खेलाइएको खेल थियो। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई कालिमाटी महानगरीय प्रहरी प्रभागका डिएसपी र काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटटका फाउन्डर प्रिन्सिपल मनोज थापाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।

    20230702_190921.jpg

    फूइटसल प्रतियोगिताको उपाधी नाइट भिजन स्कुलले हात पारेको छ। शंकरदेव भर्सेस नाइट भिजन स्कुल बिच भएको फाइनल खेलमा नाइट भिजन ६ र शंकरदेव क्याम्पसले २ गोल हानेको थियो।

    20230702_190137.jpg

    प्रतियोगितामा पुरस्कार प्रथम स्थान हासिल गर्ने टिमले रु. ७० हजार र द्वितीय स्थान हासिल गर्ने टिमले रु. ३५ हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी पाएका थिए भने सहभागी सम्पुर्ण टिमलाइ सहभागी प्रमाणपत्र बितवरण गरिएको थियो।

    20230702_190122.jpg

    कार्यक्रमको समापनमा बोल्दै कलेजका प्रिन्सिपल मनोज थापाले कलेजले विद्यार्थीहरुलाइ पढाइका साथसाथै अतिरिक्त क्रियाकलापहरुलाइ विशेष जोड दिएको बताउनुभयो। उहाँले खेलबाट पनि जीवन निर्बाह गर्न सकिने कुरा विद्यार्थीहरुलाई महसुस गर्ने र खेललाई व्यावसायिक तरिकाले अबलम्बन गर्न सक्नुपर्ने अनुभुती विद्यार्थीहरुलाई दिनको लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरुको सर्बांगिण बिकासमा महत्वोपुर्ण भुमिका निर्वाह गर्ने भएकोले खेलशिक्षालाइ अतिरिक्त भन्दापनि पाठ्यक्रममै समेटिनुपर्ने धारणा राख्नुभयो।

     

    images
    सोमवार, आषाढ १८ २०८००९:०३:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार