Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई नतिजा पुरानै लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रकाशन गर्ने रापबोको निर्णय

एसइई नतिजा पुरानै लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रकाशन गर्ने रापबोको निर्णय

  • 792
    SHARES

  • एसइई नतिजा पुरानै लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रकाशन गर्ने रापबोको निर्णय

    असार, १८ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परिक्षाको नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिका अनुसार गर्ने गरेको छ । बोर्डको आज बसेको बैठकले यो वर्षको एसइईको नतिजा ग्रेडिङ निर्देशिका - २०७२ अनुसार गर्ने निर्णय गरेको हो ।

    यस अघि नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा अन्योल रहेको थियो । बोर्डले अघिल्लो बर्ष समेत लेटर ग्रेडिङ निर्देशिका - २०७८ कार्यविधि लागू गरेपनि नतिजा भने लेटर ग्रेडिङ निर्देशिका - २०७२ को अनुसार प्रकाशित गरेको थियो । पुरानो पाठ्यक्रम बाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरेको राष्ट्रिय बोर्डले जनाएको छ ।

     

    यस वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए । प्राबिधिक कठिनाइ नआए परीक्षा नतिजा भने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक हुने बताइएको छ। यस अनुसार नतिजा आगामी शुक्रबार भित्र आउने भएको छ।

    images
    सोमवार, आषाढ १८ २०८००७:०२:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार