Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसईई नतिजा अन्तिम तयारी ।

एसईई नतिजा अन्तिम तयारी ।

  • 547
    SHARES

  • एसईई नतिजा अन्तिम तयारी ।

    असार, २० काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस अघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो।

    यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

    FB_IMG_1688521951148.jpg

    यसबर्ष नतिजा भने पुरानै लेटर ग्रेडिङ निर्देशिका - २०७२ को अनुसार प्रकाशित हुने छ। पुरानो पाठ्यक्रम बाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरेको राष्ट्रिय बोर्डले जनाएको छ ।

    यसवर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए ।

     

    images
    बुधवार, आषाढ २० २०८००९:४५:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार