Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई नतिजा आज सार्वजनिक हुने।

एसईई नतिजा आज सार्वजनिक हुने।

  • 537
    SHARES

  • एसईई नतिजा आज सार्वजनिक हुने।

    असार, २१ काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशित गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा संचालन गरेको एसईई परिक्षाको नतिजा प्रकाशित गर्ने भएको हो।

    बोर्डको उच्च सूत्रका अनुसार नतिजा प्रकाशन गर्न सबै तयारी पूरा गरिएको र आजका लागि बोर्ड बैठक डाकिएको छ ।

    "जटिल कुनै समस्या नआए आज नतिजा सार्वजनिक गर्नेछौँ" उच्च सूत्रले भने ।

    २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए ।

    यहाँबाट हेर्नुस नतिजा ।

    FB_IMG_1688607449047.jpgFB_IMG_1688521951148.jpg

    images
    बिहिवार, आषाढ २१ २०८००७:३०:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार