Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १० (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते (तालिका सहित)

कक्षा १० (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते (तालिका सहित)

  • 888
    SHARES

  • कक्षा १० (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते (तालिका सहित)

    असार, २३ गते काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा कक्षा १० को ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको कक्षा १०  (एसईई) को ग्रेडबृद्धि (पुरक) परीक्षा को समय तालिका सार्वजनिक गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले साउन २६ र २७ गते पुरक परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ। २०७९ साल चैत्र १७ देखि सञ्चालन भएको कक्षा १० को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भएका विद्यार्थीको बढीमा दुई विषयका लागि पुरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको छ।

    बढीमा दुई विषयमा मात्र पुरक-ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी प्रति विद्यार्थी रु ५०० राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट (वेवसाइटबाट डाउनलोड गरेको) सहित सम्बन्धित विद्यालय मार्फत २०८० साउन २१ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।

    यस्तो छ तालिका

    FB_IMG_1688779536963.jpgFB_IMG_1688779538891.jpg

     

    images
    शनिवार, आषाढ २३ २०८००७:१९:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार