Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा ११ को छात्रवृत्ति कोटामा भर्नाको लागी पोखरा महानगरद्वारा आवेदन माग।

कक्षा ११ को छात्रवृत्ति कोटामा भर्नाको लागी पोखरा महानगरद्वारा आवेदन माग।

  • 688
    SHARES

  • कक्षा ११ को छात्रवृत्ति कोटामा भर्नाको लागी पोखरा महानगरद्वारा आवेदन माग।

    असार, २३ काठमाडौ । पोखरा महानगरपालिकाले शैक्षिक सत्र २०८० का लागी कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको आवेदन माग गरेको छ ।

    महानगरको शिक्षा महाशाखाले एक सुचना जारी गर्दै संस्थागत विद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले असार २२ गतेदेखि २८ गते भित्र आवेदन पेश गपर्ने छ।

    महानगर भित्रका संस्थागत विद्यालयहरूमा विभिन्न आरक्षित कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।

    छात्रवृत्तिका लागि जनजाति दलित, बेपत्ता परिवार, सहिद, जनआन्दोलन घाइते, मधेस आन्दोलन घाइते परिवारको हकमा भने जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको प्रतिलिपि, बुझाउनुपर्ने र विपन्नता वा गरिबको हकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिबी परिचयपत्र वा प्राप्त अवस्थामा सम्बन्धित स्थानीय तहको विपन्न सिफारिस पत्र बुझाउनु पर्ने छ ।

    Screenshot_20230708-082227_Facebook.jpg

    images
    शनिवार, आषाढ २३ २०८०१०:२९:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार