आइतवार, आषाढ २४ २०८०
असार, २४ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले प्रमाणपत्र तहको नर्सिङ, फार्मेसी र ए.चए. सामान्य चिकित्सा कार्यक्रम बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमको प्रवेश परीक्षादेखि भर्ना छनोटसम्मको अधिकार सम्बन्धित शिक्षण संस्थालाई नै दिनेगरी निर्देशिका जारी गरेको छ।
सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना निर्देशिका जारी गरि १८ वटा शैक्षिक कार्यक्रमको भर्ना प्रक्रियाको सम्पूर्ण जिम्मेवारी सम्वन्धित संस्थालाई दिने निर्देसिका जारी गरेको हो ।
यो ब्यबस्था ल्याब टेक्नोलोजी, आयुर्वेद, इन्जिनियरिङ, कृषिलगायतका शैक्षिक कार्यक्रममा लागु हुनेछ । त्यसका लागि सम्बन्धित शैक्षिक संस्थाका प्राचार्यको संयोजकत्वमा स्थानीय तहका शिक्षा शाखा प्रमुख र शिक्षालयका प्रशिक्षक रहेको तीन सदस्यीय प्रवेश परीक्षा सञ्चालन समिति गठन गरिएको छ ।
सीटीईभीटी अन्तगर्तका शिक्षण संस्थालाई जिम्मेवार र भर्ना प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले नयाँ व्यवस्था गरिएको सीटीईभीटीले जनाएको छ । नर्सिङ, फार्मेसी र एचएको प्रवेश परीक्षा भने सीटीईभिटीले नै सञ्चालन गर्ने छ ।
सीटीईभीटीअन्तगर्तका आंगिक ६५ वटा, साझेदारी ५२ वटा, निजी ४ सय २९ र सामुदायिक विद्यालय ६ सय ६४ वटामा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । ती संस्थामा अनिवार्य रुपमा १० प्रतिशतका हिसाबले ८ हजार ४ सय जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।
सीटीईभीटीले केही दिनभित्रै नयाँ भर्नाका लागि सूचना जारी गर्ने तयारी गरेको छ ।
https://drive.google.com/file/d/16Ddqnbi1etHWBL7rYwZwhjMDStR0Aebf/view?usp=drivesdk
https://drive.google.com/file/d/16Ddqnbi1etHWBL7rYwZwhjMDStR0Aebf/view?usp=drivesdk