Jul 27 2026 | २०८३, श्रावण ११ गते

साउन पाँच गतेभित्र विद्यालयको विवरण अद्यावधिक केन्द्रको निर्देशन।

साउन पाँच गतेभित्र विद्यालयको विवरण अद्यावधिक केन्द्रको निर्देशन।

  • 791
    SHARES

  • साउन पाँच गतेभित्र विद्यालयको विवरण अद्यावधिक केन्द्रको निर्देशन।

    असार, २५ काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असार १५ गते भित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा (IEMIS) अद्यावधिक नभएका विद्यालयलाई साउन १५ गतेभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । केन्द्रले एक सूचना जारी गर्दै स्थानीय तहले निर्धारण गरेको शर्त र मापदण्ड पुरा गरी विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।

    निर्धारित समयावधि भित्र अनलाइनमा विवरण अपलोड गर्दा प्राविधिक कारण प्रोफाइल अपडेट नभएका विद्यालयलाई अनलाइन प्रोफाइल अपडेट गर्न र निर्धारित समयभित्र विवरण अद्यावधिक नगर्ने विद्यालयका हकमा अपडेट गर्न लगाइ अद्यावधिक गर्न लगाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

    अद्यावधिक गर्न अनुरोध गरिएकोमा उक्त अवधिभित्र अद्यावधिक भएका विद्यालयको विवरण यसै सूचनामार्फत सार्वजनिक गरिएको छ ।

    अद्यावधिक भएका कलेजहरुको विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुस।

    https://drive.google.com/file/d/16juc2dBnOwp1C-VcdlmzSyVEw0hHYAz2/view?usp=drivesdk

     

    images
    सोमवार, आषाढ २५ २०८००६:४६:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार