शुक्रवार, आषाढ २९ २०८०
असार, २९ गते काठमाडौ । एभरेस्ट इनोभेटिभ स्कुल/कलेजले (इआइसी) ले भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता गरेको छ।

भानुभक्त आचार्य २१० औं जन्मजयन्तिको अवसरमा उक्त स्कुलका शिक्षक तथा विद्यार्थीहरुले कविता वाचन गरेका हुन।
प्रतियोगितामा ११ जना विद्यार्थीले कविता वाचन गरे। विद्यार्थीहरुले नेपाली भाषामा भानुभक्त आचार्यको योगदानलाई समेटेर कविता वाचन गरेका थिए । त्यसैगरी कलेजका स्कुलका प्रशासन प्रमुख राम प्रसाद पौडेल्ले समेत कविता वाचन गर्नुभयो।


असार, २८ काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेज (इआइसी) ले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौ महानगर वडा नम्बर १३ सोल्टिमोडमा अवस्थित रहेको कलेजमा उक्त प्रतियोगीता सम्पन्न भएको हो।

'युवा पुस्तामा सामाजिक संजालको प्रभाव'(Influence of Social Media on Youths) र 'कोरोना महामारी पछिको संसार' The world After the Pandemic) भन्ने दुइटा शीर्षकमा भएको बक्तृत्वकलामा ५० जना विद्यार्थीहरुले आफ्नो धारणा राखेका थिए। पढाइका साथसाथै विद्यार्थीहरुको सर्वाङ्गीण विकास र विशेषगरि कुनै विषय वस्तु प्रति धारणा बनाउन र वाक कलाको विकास गर्न वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताइएको छ।

प्रतियोगितामा सगुन कार्कीले प्रथम स्थान हासिल गरिन। उनले युवा पुस्तामा सामाजिक संजालको प्रभाव भन्ने विषयमा आफ्नो विचार प्रस्तुत गरेकि थिइन। त्यसैगरी साहारा श्रेष्ठ द्वितीय, अभिषेक बिक तृतीय र सन्तोष दाहालले चौथो स्थान हाँसिल गरेका थिए।
यसअघि इनोभेटिभ स्कुल /कलेजले गुरु पूर्णिमाको अवसरमा समेत विभिन्न कार्यक्रमहरु गरेको थियो।

एभरेस्ट इनोभेटी कलेजमा कक्षा ११ मा Science, Management, Humanities र Law बिषयमा पढाइ हुने गरेको छ भने स्नातक तहमा BCA, BSW, BA र BBS पढाइ हुने गरेको छ।