सोमवार, श्रावण १ २०८०
साउन, १ गते काठमाडौ । सेन्ट्रल स्टेट एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ। तीन दशक लामो इतिहास बोकेको ख्यातिप्राप्त शिक्षक तथा प्राज्ञिक व्यक्तिको सक्रियतामा काठमाडौं महानगर, १३ सोल्टिमोडमा अवस्थित यस स्कुल/कलेज मध्यम र न्यून आय भएका अभिभावकहरुको लागी आकर्ष शैक्षिक केन्द्र बनेको छ।
हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्न सफल यस स्कुल/ कलेजमा कक्षा ११ र १२ मा Science, Humanities, Management र Law बिषयमा अध्ययन गर्न पाइन्छ। त्यसैगरी स्नातक तहमा त्रिभुवन बिश्वबिद्धालयको ब्यबस्थापन संकाय अन्तर्गत BCS, BBS, BSW, BA र स्नातकोत्तर तहमा MBS पढ्न पाइन्छ।
कलेजको मुख्य शैक्षिक उदेश्य उच्चशिक्षा हासिल गर्ने विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन ज्ञानसीप र नयाँ दृष्टिकोण प्रदान गर्नु हो। हाल यस स्कुल /कलेजमा शिक्षा हाँसिल गर्न देशभरिबाट करिब २४ सय बढी विद्यार्थीहरु अध्ययनरत छन।
काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट जसरी शैक्षिक रूपमा सक्षम र सवल छ त्यसरी नै भौतिक रुपमा सम्पन्न छ। सुबिधा सम्पन्न र भूकम्प प्रतिरोधी भवन, स्मार्टबोर्ड, प्रोजेक्टर र सिसिटिभी जडान गरिएका उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, व्यवस्थित प्रयोगशाला, कम्प्युटर ल्याब, सेमिनार हल यस कलेजको बिशेषता हो। विद्यार्थीको व्यक्तिगत रूपमा नै रेखदेख गर्नु कलेजको अर्को महत्वपूर्ण विशेषता हो ।
समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च, गरी सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउन सहभागितामूलक र प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ ।
‘शिक्षासँगै संस्कार पनि, अध्ययनसँगै अवसर पनि’ भन्ने भनाइलाई आत्मसाथ गरिएको यस कलेजमा अध्ययनरत विद्यार्थीहरू चरित्रवान, राष्ट्रसेवक कर्मचारी उद्यमी, समाजसेवी, उद्योगी, व्यवसायी बनेर संसारभर पुग्न सफल भएका छन् ।
कलेजले विद्यार्थीहरुको सर्बाङ्गिण बिकसका लागी पढाईका साथसाथै खेलकुद, गायन,नृत्य, चित्रकला, लगाएत बिबिध क्रियाकलापहरुमा समेत विशेषज्ञ जोड दिने गरेको छ। कलेजले प्रतिभालाइ सम्मान गर्दै कक्षा ११ मा भर्ना हुदा समेत विभिन्न कृयाकलापमा रुचि भई त्यस क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको ब्यबस्था समेत गर्ने गरेको छ।
काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटमा शैशिक शत्र २०८०/८१ को लागीभर्ना गर्न चाहने विद्यार्थीहरुको लागी भोली साउन २ गते बिहान ८ बजे र ११:०० बजे इन्ट्रान्स तथा स्क्लोरसिप टेस्ट हुने बताइएको छ।
#Kathmandu College Of Central State