Jul 27 2026 | २०८३, श्रावण ११ गते

तेस्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल उपाधि आयोजक मनास्लुलाई।

तेस्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल उपाधि आयोजक मनास्लुलाई।

  • 633
    SHARES

  • तेस्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल उपाधि आयोजक मनास्लुलाई।

    काठमाडौं, साउन ३ गते । तेस्रो मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आयोजक मनास्लु टिम बिजेता बनेको छ। चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले हराउदै पहिलो स्थान हाँसिल गरेको हो।

    खेलमा मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गर्नुभयो । मनास्लुकै तुसार महर्जनले ६ तथा कोसिस भुजेलले चार अङ्क जोड्नुभयो । सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

    उपाधिसँगै मनास्लुले १५ हजार रुपियाँ पुरस्कार पायो भने युजेएले द्वितीय पुरस्कार सात हजार रुपियाँ पुरस्कार पायो । त्यसैगरी विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । तुसारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।

    विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । एक दिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।

     

    images
    बिहिवार, श्रावण ४ २०८०१२:१५:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार