Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई नतिजा पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन।

एसईई नतिजा पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन।

  • 550
    SHARES

  • एसईई नतिजा पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन।

    साउन ५, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेका परिक्षार्थिहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि आज साउन ५ गते सम्म आवेदन दिन सकिने म्याद दिएको थियो।

    पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिन सकिने छ ।

    गत चैत १७ गतेदेखि सन्चालित एसईई परीक्षाको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो । एसईईको पूरक परीक्षा यही साउन २६ र २७ गते हुँदैछ । परीक्षार्थीहरुले बढीमा दुई विषयमा ग्रेड वृद्धिका लागि पुरक परीक्षा दिन पाउँछन् ।

    त्यसैगरी एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    FB_IMG_1689900901003.jpg

    images
    शुक्रवार, श्रावण ५ २०८००६:३५:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार