Oct 02 2026 | २०८३, आश्विन १६ गते

इटहरी उपमहानगरको एक्सन: छात्रवृत्ति विवरण नबुझाउने स्कुलको अनुमति रद्द

इटहरी उपमहानगरको एक्सन: छात्रवृत्ति विवरण नबुझाउने स्कुलको अनुमति रद्द

  • 520
    SHARES

  • इटहरी उपमहानगरको एक्सन: छात्रवृत्ति विवरण नबुझाउने स्कुलको अनुमति रद्द

    साउन, ८सुनसरी। इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुईवटा निजी स्कुलको अनुमति रद्द गरेको छ। उपमहानगरले छात्रवृत्ति विवरण बुझाउन अटेरी गरेपछी 'इटहरी नमुना स्कुल' र 'इटहरी चिल्ड्रेन स्कुल' को अनुमति रद्द गरेको हो ।

    इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको ’इटहरी चिल्ड्रेन स्कुल’ को शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी विद्यालयलाई प्रदान गरिएको कक्षा १० सम्मको कक्षा सञ्चालन अनुमती रद्द गरेको छ । त्यस्तै १० मा रहेको ’इटहरी नमूना स्कुल’ले छात्रवृत्ति विवरण बुझाउन पटक पटक पत्राचार गर्दा पनि नबुझाएपछि नगर शिक्षा समितिको निर्णय अनुसार शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी विद्यालयलाई प्रदान गरिएको पूर्व प्राथमिक तहदेखि कक्षा ६ सम्म्को कक्षा सञ्चालन अनुमती रद्द गरेको जनाएको छ ।

    स्रोतका अनुसार २०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो। प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उपमहानगरपालिकाले जनाएको छ

    संस्थागत विद्यालयहरुलाई शिक्षा महाशाखामा विद्यालयले वितरण गरेको छात्रवृत्ति विवरण पेश गर्नका लागि प्रथम, दोस्रो र तेस्रो पटक क्रमशः जेठ २९, असार ११ र असार २१ गते छात्रवृत्तिको विवरण पेस गर्न भनिएपनि पेस नगरिएको हुँदा असार २९ गते ५० हजार जरिवाना सहित विवरण पेस गर्न भनिएको थियो । २९ गतेको पत्र पछि पनि छात्रवृत्ति विवरण सहित जरिवाना नबुझाएको हुँदा नगर शिक्षा समितिको निर्णय अनुसार शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी अनुमति रद्द गरिएको जनाएको छ ।

    उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई समेत पठाइसकेको छ ।

    Screenshot_20230724-163955_Chrome.jpgScreenshot_20230724-164008_Chrome.jpg

    त्यसैगरी इटहरीमा रहेको ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर मेयरसाबले राजनीति नगर्न निर्देशन दिएका छन् । उनले राजनीतिक दलहरूमा आबद्ध शिक्षकहरूलाई दलको सक्रिय राजनीति गर्ने भए पढाउन छोड्न चेतावनी समेत दिएका छन् ।

     

    त्यसैगरी विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने २७ संस्थागत विद्यालयहरुलाई तुरुन्त विवरण पेश गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । महानगरले पटक-पटक विवरण उपलब्ध गराउनका लागि तागेता गर्दा पनि विद्यालयले बेवास्ता गरेपछि अल्टिमेटम दिएको हो भने अब पनि अटेर गरे कारबाही गर्ने जनाएको छ ।

     

    images
    सोमवार, श्रावण ८ २०८००४:३७:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार