सोमवार, श्रावण ८ २०८०
साउन, ८ काठमाडौ । गेटवे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टकाे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायीक तथा संस्थागत विद्यालयहरूलाई भलीबल वितरण गरिएको छ। बसुन्धारा स्थित 'गेटवे कलेजमा' एक कार्यक्रमका बिच भलिबल बितरण गरेको हो। 
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला प्रमुख अतिथि रहनुभयो। भने राष्ट्रिय भलिबल संघका सचिव बिनोद सुवेदी, गेट वे कलेजका संस्थापक अध्यक्ष तथा सुरेश केसि लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रमको सभापति काठमाडौ जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलले गर्नुभयो ।

भलिबल बितरण कार्यक्रम पछि 'बाल उद्धार मावी' कपन राजेन्द्र बुडाथोकी का (शिक्षक)ले संस्थागत र सामुदायिक बिद्यालयलाई फरक तरिकाले हेर्नुपर्ने बताउनु भयो। उहाँले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लगाएत पदाधिकारीहरुलाई इङ्कित गर्दै सामुदायिक बिद्यालयमा अतिरिक्त शुक्ल लिन नपाउने र राज्यबाट समेत खेलकुदको लागि रकम नआउने हुनाले खेलकुद परिषदले बजेटको ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो।
उहाँले राष्ट्रपति रनिङ सिल्डमा ठूलो धनराशि खर्छ हुने र त्यसलाई ब्यबस्थापन गर्न खेलकुद संघले बजेट छुट्याउनु पर्ने बताउनुभयो। उहाँले भलिबल प्रशिक्षकको आवस्यकता रहेको बताउनुभयो। त्यसैगरी भाडा र जर्सी समेत नपाएको भन्दै उहाँले भर्ना शुल्कबाट र तलबबाट कटाएर समेत पैसा तिरेको गुनासो पोख्नुभयो।
संथागत बिद्यालयले विद्यार्थीबाट उठाएर गर्न खेलाउन सक्छ तर सामुदायिक बिद्यालयले त्यो सक्दैन भन्दै त्यसको ब्यबस्थापन गरियोभने बुडानिलकण्ठ नगरपालिका भलिबलको हब बन्न सक्ने बताउनुभयो।
कार्यक्रममा बुडानिलकण्ठ र कागेश्वरी मनहरा नगरपालिकाका ६ सामुदायिक बिद्यालयका शिक्षक र खेलाडीहरुको उपस्थित उपस्थिति रहेको थियो। भलिवल सामाग्री थेरै भएपनी बिद्यालय विद्यार्थीहरुको खेल्ने उजागरलाई उत्प्रेरित गर्नको लागि भलिबल वितरण कार्यक्रम राखेको आयोजकले बताएको छ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला 'ज्वालाले' बिद्यालयहरुले खेलकुद क्रियाकलापलाई बढाउदै लगे नेपाले बिश्वभरी नयाँ रेकर्ड कायम गर्ने बिश्वास दिलाउनुभयो। उहाँले राष्ट्रपति रनिङ सिल्डलाइ अझै ब्यबस्थित तरिकाले अगाडि बढाउउने प्रतिबद्धता ब्यक्त गर्नुभयो। नेपाल लुम्बिनी, गौतमबुद्ध र सगरमाथा मात्रै होइन खेलकुदबाट समेत देशलाई चिनाउनुपर्छ भन्दै बिद्यालयहरु खेलकुदमा नलाग्दासम्म देशले खेलकुदमा बिकास गर्न नसक्ने धारणा ब्यक्त गर्नुभयो। त्यसैगरी उहाँले बिद्यालयले आफ्नो लेटरहेडमा खेलकुद सामाग्रीको लागी खेलकुद परिषदमा आयो भने खेल सामाग्री परिषदले ब्यबथापन गर्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा गेट वे कलेजका संथापक अध्यक्ष सुरेश केसिले नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तारको लागि गेट्वे कलेज सधैँ तयार रहेको बताउनुभयो। उहाँले सरकारि र सामुदायीक विद्यालयमा समानता हुनुपर्ने भन्दै सरकारी संस्थामा मैदान छ, सामाग्री छैन, संथागत बिद्यालयमा सामाग्री छ तर मैदान छैन। त्यसलाइ सामुहिक तरिकाले समाधान गरी विद्यार्थीहरुलाइ खेलप्रती जागरुक बनाउन सकिने बताउनु भयो।
एक अर्को प्रसंगमा बिदेश जाने प्रवृत्तिलाई कम गर्न उहाँले न्यून आय भएका सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पढ्नको लागि पैसा नभएपनी गेटवे कलेजमा आउनु भन्दै BHM पधाउने जिम्मेवारी आफ्नो संस्थाले लिने बताउनुभयो। उहाँले विद्यार्थीहरुलाइ छात्रवृत्ति दिएर जिम्मेवारी पुर्वक पढ्ने बातावरण निर्माण गर्ने र पढ्दापढ्दै पनि रोजगार दिएर शुल्क तिर्नसक्ने बाताबरण बनाउन तयार रहेको समेत समेत बनाउनुभयो। यस कलेजमा पुर्वाञ्चल बिश्वबिद्धालय अन्तर्गत BHM पढाइ हुँदै आएको छ।
अन्तिममा उपस्थित भएका सम्पूर्ण प्रिन्सिपल, विद्यार्थी,शिक्षक,खेलाडी, पत्रकारहरूलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दैजाने जिल्ला भलीबल संघ काठमाडौँका अध्यक्ष सुदर्शन जमकटेलले कार्यक्रमको समापन गर्नुभयो।