Jul 28 2026 | २०८३, श्रावण १२ गते

विज्ञसूची तयारिका लागि पाठ्यक्रम केन्द्रद्वारा निवेदन माग।

विज्ञसूची तयारिका लागि पाठ्यक्रम केन्द्रद्वारा निवेदन माग।

  • 537
    SHARES

  • विज्ञसूची तयारिका लागि पाठ्यक्रम केन्द्रद्वारा निवेदन माग।

    साउन, ९ काठमाडौ । पाठ्यक्रम विकास केन्द्रले विज्ञसूची तयारिका लागि निवेदन माग गरेको छ। केन्द्रले पाठ्यपुस्तक लेखन, मुल्यांकनलगाएतका कार्यलाइ गुणस्तरीय, प्रभावकारी एबं सुव्यवस्थित बनाउनका लागि निवेदन माग गरेको हो।

    योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र तोकिएको ढाँचामा निवेदन दर्ता गराउने सूचनामा उल्लेख गरेको छ ।

    केन्द्रले जारी गरेको सुचना अनुसार प्रारम्भिक बालशिक्षादेखि आधारभूत तह र माध्यमिक तह (कक्षा ९–१२) सम्मका अनिवार्य तथा ऐच्छिक विषयहरू, माध्यमिक तह प्राविधिक तथा व्यावसायिक धारतर्फका व्यावसायिक विषयहरू र गुरुकुल, संस्कृत, वेद विद्याश्रम, मातृभाषा, मदरसा, मुन्धुम र गोन्पातर्फका विषयहरूका लागि आवेदन माग गरेको छ।

    विज्ञ सूचीमा नाम दर्ता गर्न आधारभूत तहका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण र कक्षा ९–१२ का हकमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा विषय विज्ञ वा सम्बन्धित विषयको लेखक वा शिक्षक वा मूल्याङ्कनकर्ता हुनुपर्ने छ ।

    त्यसैगरी मातृभाषा, मदर्सा र गोन्पातर्फ सम्बन्धित विषयको योग्यता नभएमा कुनै विषयमा आधारभूत तहका लागि न्यूनतम स्नातक र माध्यमिक तहका लागि न्यूनतम स्नातकोत्तर गरी सो विषयको शिक्षण वा सम्बन्धित विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री विकाससम्बन्धी कार्य गरेको वा पाठ्यपुस्तक मूल्याङ्कन गरेको वा विषय विज्ञ वा विषयविद् हुनुपर्ने छ।

    गत बर्ष बिषय सुचिमा सुचिकृत भएका बिज्ञहरुले पुन: नविकरण गर्न चाहेमा तोकिएको ढाँचामा हरेक बर्ष निवेदन दर्ता गराउनुपर्ने छ। बिज्ञसुचि सम्बन्धी बिषयहरुको बिस्तृत विवरण केन्द्रको वेबसाईट www.moecdc.gov.np बाट प्राप्त गर्न सकिने छ।

    FB_IMG_1690274292948.jpg

    images
    मंगलवार, श्रावण ९ २०८००६:१०:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार