Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा आयोगको सुचनाप्रती सिटिइभिटिको ध्यानाकर्षण: आयोगको समन्वयमै भर्ना खोलेको दावी ।

चिकित्सा शिक्षा आयोगको सुचनाप्रती सिटिइभिटिको ध्यानाकर्षण: आयोगको समन्वयमै भर्ना खोलेको दावी ।

  • 488
    SHARES

  • चिकित्सा शिक्षा आयोगको सुचनाप्रती सिटिइभिटिको ध्यानाकर्षण: आयोगको समन्वयमै भर्ना खोलेको दावी ।

    साउन, १० काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)द्वारा चिकित्सा शिक्षा आयोगले मिति २०८०l०४।०८ गते प्रकाशित सूचनाप्रति गम्भीर ध्यानाकर्षण जनाउदै आयोगको समन्वयात्मै बैठककै आधारमा भर्ना खोलेको जानकारी दिएको छ।

    परिषदको ऐन २०४५ द्वारा गठित स्वायत्त र अभिछिन्न उत्तराधिकारीवाला संस्थाले परिषदको ऐन नियम, बिनियम बमोजिम प्रमाण-पत्र तहसम्माका कार्यक्रमहरु संचालन गर्दै आएको भन्दै २०८०/८१ को लागि विद्यार्थी भर्नाका लागि गरिएको सुचना सम्बन्धमा आयोगले साउन ८ गते प्रकाशित सूचनाप्रति गंभिर ध्यानाकर्षण जनाएको हो।

    सुचनामा भनिएको छ, चिकित्सा सिक्षा आयोग संग पटक पटक भएका समन्वयात्मक बैठकहरुकै क्रममा परिषद परिक्षा नियन्त्रण कार्यलयद्वारा २०८०/८१ को लागि विद्यार्थी भर्नाका लागि गरिएको सुचना सम्बन्धमा आयोगले २०८० साउन ८ गते प्रकाशित सुचनाले विद्यार्थी र अभिभावक तथा सरोकारवालाहरुमा परेको भ्रम प्रती ध्यानाकर्षण भएको छ। परिषदले परीक्षा नियन्त्रण कार्यलयद्वा प्रकाशित सुचना अनुसार नै शैक्षिकशत्र २०८०/८१ को भर्ना प्रक्रियामा समावेस सुन सम्बन्धित सरोकारवालालाई जानकारी समेत गरेको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1690333655292.jpg

    यस्तो थियो, नेपाल सरकार चिकित्सा शिक्षा आयोगको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहमा विद्यार्थी भर्नासम्बन्धी सम्बन्धित सरोकारवालाका लागि अत्यन्त जरुरी सूचना ।

    Screenshot_20230725-185942_Samsung Notes.jpgScreenshot_20230725-185956_Samsung Notes.jpg

     

     

    images
    बुधवार, श्रावण १० २०८००७:४२:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार