Oct 02 2026 | २०८३, आश्विन १६ गते

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियूक्तीको लागि आबेदन माग।

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियूक्तीको लागि आबेदन माग।

  • 448
    SHARES

  • खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियूक्तीको लागि आबेदन माग।

    साउन, १० गते काठमाडौ । कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियूक्तीको लागि आबेदन माग गरेको छ। नगरपालिकाले एक सुचना जारी गर्दै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको हो ।

    योग्यता पुगेका शिक्षकहरूले साउन ३१ गतेभित्र आवेदन दिनुपर्ने छ। आधारभूत तह कक्षा (१–५) को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ पास वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने आधारभूत तह कक्षा (१–८) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सुचनामा उल्लेख गरेको छ।

    त्यसैगरी माध्यमिक तह कक्षा (१–१०/१२) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको शिक्षकले आवेदन दिन सक्नेछन्।

    यस्तो छ सूचना ।

    FB_IMG_1690337487713.jpg

     

    images
    बुधवार, श्रावण १० २०८००८:०१:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार