बुधवार, श्रावण १० २०८०
साउन, १० गते काठमाडौ । काठमाडौ महानगरपालिका टेकुमा अवस्थित क्यापिटल हिल कलेज शैक्षिक क्षेत्रमा चर्चित कलेज हो । यस कलेजमा माध्यामिक शिक्षा परिक्षा (SEE) नतिजा पश्चात उज्वल भविष्य निमार्ण गर्ने अर्को खुड्कीलोको रुपमा लिइएको कक्षा ११ को भर्ना अभियान चलिरहेको छ ।
ख्यातिप्राप्त शिक्षकहरु द्वारा संचालित यस कलेजले सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने गरेको छ। हाल कक्षा ११ देखि स्नातक स्नातकोत्तर तहसम्म अध्यापन गराउने उक्त कलेजमा कक्षा ११ र १२ मा Science, Management, Humanities, र Law बिषय पढाइ हुन्छ भने स्नातक र स्नातकोत्तर तहमा ब्यबस्थापन संकाय अन्तर्गत BBS र MBS पढाई हुने गरेको छ।
क्यापिटल हिल कलेज विगतमा पनि पटक पटक काठमाण्डौं उपत्यकाको विशिष्ट १० कलेज भित्र पर्दै आएको छ । "Don't judge taxtbook by looking it's Cover" भने जस्तै यो कलेजलाई सामान्य अवलोकनवाट मात्र मुल्याङकन गर्न सकिदैन ।
स्थापनाको सुरुवाटै यस कलेजका कक्षा १२ उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरु MBBS, BE, BHM, BBA, BIT आदिमा पूर्ण छात्रवृत्ति अन्तर्गत नाम निकाल्न सफल भएका छन। चर्चित नायक सलोन वस्नेत, Young Motivational Speaker डा. तारा प्रसाद गिरी, Guinness World Record मा नाम लेखाउन सफल रुविशा श्रेष्ठ आदिले यसै कालेजबाट कक्षा १२ अध्ययन गर्नुभएको हो । त्यस्तै पुजा भट्टराई, MBS को रिजल्टमा TU टपर (Gold Medalist), अनिशा नगरकोटी NATHM को Gold Medalist बनिसक्नु भएको छ भने मानवी सिं ऐर भर्खरै NATHM को इन्ट्रान्स टपर बन्नु भएको छ। विगतमा झै गतवर्ष पनि २ जनाले MBBS र ४ जनाले BE पुल्चोकमा नाम निकालेका छन । यी सबै यो कलेजको गुणस्तर झल्काउने प्रमाणहरु हुन् ।
Guinness World Record मा नाम लेखाउन सफल रुविशा श्रेष्ठ।कलेजमा समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च गरी सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउन सहभागितामूलक र प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ।
यस कलेजमा Science Lab, Computer Lab, Library लगाएत सबै प्रकारका पुर्वाधारहरु रहेका छन् । यस कलेजले शैक्षिकसत्र २०८०/८१ को लाग कक्षा ११ को नयाँ विद्यार्थीहरुको Orientation Program यहि साउन १८ गते १ वजे राखिएको जनाएको छ ।
उपयुक्त लोकेशनमा रहेको यस कलेजमा दक्ष, अनुभवी, प्राध्यापकहरुले अनुसन्धानात्मक पद्वतिबाट अध्यापन गरिने भएकोले कक्षा ११ मा अध्ययन उत्कृष्ट गन्तव्य मानिदै आएको छ।
